Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फागुन १ देखि यात्रुबिनै रेल गुडाउने तयारी !!

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ २८, २०७८
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर — चल्ने÷नचल्ने संशय चिर्दै फागुन १ गते आइतबारदेखि जयनगर–कुर्था ३५ किलोमिटर खण्डमा यात्रुबिना नै रेल चलाइने भएको छ । उद्घाटनको मिति टुंगो नलागेकाले ‘रेल चल्छ’ भन्ने सन्देश दिन यात्रुबिना नै दैनिक एकपटक रेल कुदाउने तयारी गरिएको हो ।

 

भारत सरकारको आर्थिक सहयोगमा सीमावर्ती भारतीय सहर जयनगरको नेपाल खण्डदेखि बर्दिबाससम्म ७२ किलोमिटर रेलको ब्रोडगेज लिंक निर्माणाधीन छ । जयनगरदेखि जनकपुर हुँदै कुर्थासम्म भने ब्रोडगेज, स्टेसन र प्लेटफर्म तयार भएको करिब ३ वर्ष नाघ्यो ।

 

यही खण्डमा रेल चलाउन नेपाल सरकारले करिब ८६ करोड रुपैयाँमा दुई सेट नमुना रेल खरिद गरेको पनि एक वर्ष बढी भइसक्यो । त्यो रेल अहिले धनुषाको इनर्वा स्टेसनमा सशस्त्र प्रहरीको निगरानीमा पार्किङ गरी राखिएको छ ।

 

‘रेल उद्घाटनको मिति नेपाल र भारतका प्रधानमन्त्रीबाट टुंगो लाग्न बाँकी छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले कान्तिपुरसँग भने,‘रेल चल्ने÷नचल्ने संशय धेरैमा छ । त्यसैले उद्घाटन नहुँदासम्म फागुन १ गतेदेखि दैनिक एकपटक रेल ओहरदोहर गराइनेछ ।’

 

झाकाअनुसार जयनगरदेखि कुर्थासम्म यात्रुबिनै दैनिक एकपटक रेल चलाउनुका दुईवटा कारण छन् । पहिलो– रेल्वे लिंकमा रहेको अतिक्रमण हटाउन र दोस्रो– रेल चल्ने नै भयो भन्ने सन्देश पनि दिन । यात्रुबिनै दैनिक एकपटक मात्र रेल ओहरदोहर गर्दा बोगीको एसी चलाउँदा २ सय ८० लिटर डिजल खर्च हुनेछ ।

 

‘दैनिक एकपटक रेल ओहरदोहोर गर्दा २ सय ८० लिटर डिजल खर्च हुने अनुमान छ । सबै अपरेसन कस्ट कति पर्छ ? त्यो हाम्रो अनुमानबाहिर छ,’ झाले भने,‘रेलको सेट नयाँ र आधुनिक भएकाले तत्कालै मर्मत गर्नुपर्ने देखिन्न । तर, मेसिनरी समान भएकाले समस्या आए मर्मतसम्भारका लागि भारतको सोनपुर लग्नुपर्छ ।’ भारत, बिहारको राजधानी पटनानिजक रहेको सोनपुर जनकपुरभन्दा करिब २ सय मिटर टाढा छ ।

 

जयनगरदेखि कुर्थासम्मको खण्डमा रेल्वे लिंकमै थुप्रै ठाउँमा हटिया लाग्छ । जनकपुर स्टेसन नजिकैको रेल्वे लिंकमै ठूलो हटिया छ । रेल नचल्दा लिंकको धेरैजसो ठाउँमा अतिक्रमण गरेर सानो टहरा र हाट बजार लगाइएको छ । ‘लिंकमा र छेउछाउमा रहेको अतिक्रमण हटाउन पनि यात्रुबिना रेल चलाउन लागिएको छ,’ झाले भने,‘अतिक्रमण क्लियर भएपछि उद्घाटन भएपछि रेलले आफ्नो रफ्तार लिनेछ ।’ झाका अनुसार यात्रुबिनै रेल चलाउनुअघि नै सबै स्टेसन र रेल्वे क्रसिङमा कर्मचारी खटाइसकिने छ । नेपाल रेल्वे कम्पनीले रेल चलाउनका लागि अहिले ५८ जना कर्मचारी दैनिक ज्यालादारीमा भर्ना गरेर जनकपुरमा तालिम दिइरहेको छ । ‘स्टेसन र प्लेटफर्ममा कर्मचारी तैनाथीको काम सुरु भइसकेको छ,’ झाले भने,‘सडक वारपार गर्ने ठाउँमा पनि कर्मचारी तत्कालै खटाइने छ ।’

 

रेल चलाउनका लागि भारतको कोंकण रेल्वे कम्पनीका १४ जना प्राविधिकसहितका कर्मचारी जनकपुर आइसकेका छन् । कोंकण कम्पनीका २६ जना प्राविधिकसहितको टिमले हाल नेपाल रेल्वे सञ्चालन गर्नेछन् । कोंकण कम्पनीका बाँकी १२ जना कर्मचारी एक–दुई दिनमै जनकपुर आइपुग्ने झाले बताए ।

 

‘रेल सञ्चालनको मिति पनि फेब्रुअरीको तेस्रो साता निश्चितजस्तै छ । तर, त्यो घोषणा नभएकाले उदघाटन नहुञ्जेलसम्म यात्रुबिना रेल दैनिक एकपटक ओहरदोहर गराइनेछ,’ रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, ‘रेल सञ्चालनको सबै तयारी भइसकेको छ । हामी उद्घाटनको मिति कुरेर बसेका छौं ।’ झाका अनुसार दुवै देशका प्रधानमन्त्रीले रेल उद्घाटन गरेपछि यात्रुसहित रेल सेवा दैनिक दुईपटक सञ्चालन गरिनेछ । उद्घाटनपछि बिहान र अपरान्हको समयमा रेल सेवा सञ्चालन गरिनेछ । ‘यात्रुको चाप हेरेर नियमित सेवा बढाइनेछ,’ महाप्रबन्धक झाले भने,‘रेल्वे स्टेसन र प्लेटफर्ममा यात्रुको चाप हेरेर दैनिक तीन पटकसम्म पनि रेल सेवा सञ्चालनमा ल्याइने छ ।’

 

रेल नियमित सञ्चालन हुँदा एसी बोगीको प्रति यात्रु जयनगरदेखि कुर्थासम्म ३ सय रुपैयाँ र समान्य बोगीमा प्रति यात्रु ७० रुपैयाँ टिकट दर निर्धारण गरिएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । रेल्वेको टिकट स्टेसन, प्लेटफर्म र इबुकिङ पनि गराउन मिल्छ । करिब डेढ वर्षअघि भारतको कोंकण रेल्वे कम्पनीबाट खरिद गरिएको दुई सेट रेल पुस २४ गते जयनगरदेखि कुर्थासम्म चलाएर परीक्षण गरिएको थियो ।

 

(ekantipur.com बाट साभार)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

नेपाल फर्किने वातावरण बनाउन देउवा दम्पतीको सरकारसँग आग्रह

असार ३, २०८३
स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बीमा भुक्तानीका लागि थप प्रक्रिया अघि बढ्यो

असार ३, २०८३
ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

ह्विलचेयरबाट राज्य र समाजलाई सहायक प्राध्यापक धामीको प्रश्न : ‘दयाभन्दा अधिकार चाहिन्छ’

असार ३, २०८३
भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

इरानसँग सम्झौता भइसकेको र ‘छिट्टै’ विवरण सार्वजनिक गरिने ट्रम्पको दाबी

असार २, २०८३
कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता

असार २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व