Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फेरि त्यो दिन आउने छ …

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
माघ १९, २०७८
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

फेरि त्यो दिन आउने छ
सबैतिर चहल पहल हुनेछ
घन्किने छन् जिन्दावाद मुर्दावादका नाराहरू
कराउने छन् गाउँमा माइकहरू
बाडिने छन् सपनाहरू अनेकथरी
उब्जिने छन् मनमा पुन: रहरहरू
डायरीहरू पल्टाइने छन् सिद्धान्तका रात रात भर
नम्बरहरू खोजिने छन् हराएका
आउने छन् समाजवादको घुम्टो ओडेर
पैसाका बिटाहरू बाडिने छन् गाउँ घर तिर
वर्गीय नारा बोकेर आउने छन् आफन्तहरू नै
पुराना पुराना नम्बरहरू बाट
नयाँ नयाँ फोन आउने छन्
हो म त्यहीँ दिनको पर्खाइमा छु
फेरि त्यो दिन आउने छ।

फेरि त्यो दिन आउने छ
आदर्शहरू जिवित तुल्याइने छन्
इमानदारीता पुजिने आश्वासन बाडिने छन्
झुकेकाहरू उठ्ने छन्
उठेकाहरू झुक्ने छन्
नयाँ जोस जागर पलाउने छ
महिलाहरू खोजिन थालिने छन्
पिछडिएकाहरू तानिने छन्
दबिएकाहरू उठाइने छन्
मिठा मिठा सपना देखाइने छन्
चाहे एकछिनको लागि किन नहोस्
सपना एकछिन कै त हुन्छ
सबै पुराना कुरा बिर्सिइने छन्
नयाँ सम्झौताहरू गरिने छन्
केबल पर्खाइ जिबित रहोस्
फेरि त्यो दिन आउने छ।

फेरि त्यो दिन आउने छ
घोषणा पत्रहरू छापिने छन्
तिम्रा हाम्रा सबैका चाहनाहरू लेखिने छन्
बाडिने छन् सबैतिर पुग्ने गरि
चामल नपुग्ने ठाउँमा
नुन नपुग्ने ठाउँमा
बोलिने छन् सिमान्तीय आवाजहरू
पुराना सम्बन्धहरू धोइने छन्
पखालिने छन्
टुटेका जोडिने छन्
भत्केका पुनर्निर्माण हुने छन्
सहरियाहरू गाउँ फर्किने छन्
चहलपहल बढ्ने छ
म पनि पिढिमा बसेर हेर्न पाउने छु
फेरि त्यो दिन आउने छ।
ढुक्क हुनुस महोदय
यी सब भन्ने कुरा हुन्

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
Uncategorized

एनपीएलका सबै खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता

कार्तिक ६, २०८३
चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार
Uncategorized

चार इन्जिन मर्मतमा ८ अर्ब, समयमै योजना नबन्दा निगमलाई थपिँदै भाडाको भार

अशोज २३, २०८३
महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र
Uncategorized

महाकाली तटीय क्षेत्रमा विपद् पूर्वतयारी तीव्र

अशोज ९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

प्रधानमन्त्री बालेनद्वारा एनपीएललाई शुभकामना

कार्तिक १०, २०८३
भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

भोलिदेखि एनपीएलको तेस्रो संस्करण सुरु, सबै तयारी पूरा

कार्तिक ९, २०८३
एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

एशिया कप राइजिङ स्टार्समा नेपालको पहिलो खेल भारत ‘ए’ सँग

कार्तिक ९, २०८३
असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

असोजमा भारततर्फ झण्डै ६ अर्बको विद्युत निर्यात, बङ्गलादेशमा पनि पुनः सुरु

कार्तिक ९, २०८३
बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

बागमती सफाइ महाअभियानको ७०२औँ हप्ता सम्पन्न

कार्तिक ९, २०८३
बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

बाढीले पुल बगाएपछि स्याफ्रुबेँसीमा बेलिब्रिज निर्माण तीव्र

कार्तिक ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व