Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रुघाखोकी लागेको छ ? ध्यान दिनुहोस् यी कुरामा !

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०७८ माघ ७, शुक्रबार १६:०७
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

यो महामारी हो । महामारीमा ओमिक्रोन र रुघाखोकीलाई लक्षणको आधारमा फरक छुट्याउन सकिँदैन । यसलाई चिकित्सकले विशेष निगरानी र अनुभवका आधारमा अलि अलि फरक छुट्याउन सके पनि कुनै यस्तो मापदण्ड छैन जसका आधारमा हेरेर यकिनका साथ यो रुघाखोकी र यो ओमिक्रोन भनेर छुट्याउन सकियोस् ।

महामारी भनेको त्यस्तै त्यस्तै समूह भएको, त्यस्तै त्यस्तै लक्षण भएको सबै रोगलाई महामारीमै आएको रोग सम्झने अर्थात रुघाखोकी, टाउको दुखाइ, घाँटी दुखाइ, घाँटी खसखस गर्ने बिरामीलाई हामीले अहिले ओमिक्रोन सम्झने हो। यसमा तुरुन्तै आत्तिएर गएर परीक्षण गराइ हाल्नु पनि पर्दैन ।

ओमिक्रोन पोजेटिभ भयो भनेर आत्तिएर गएर परीक्षण गराउनु पर्दैन । सामान्य लक्षण छ भने आफूलाई घरमै अरुबाट अलग राख्ने । लक्षणको आधारमा स्टेथेस्कोप लगाएर जाँचेकै आधारमा ओमिक्रोन र रुघाखोकी छुट्याउन नसकिने भएकोले श्वास फुलेको, श्वासको गति बढेको जस्तो लागेमा जाँच गर्न जानुपर्छ । एउटा वयस्क मान्छेको श्वासको गति २० भन्दा बढी भएको खण्डमा, जीउ, हात गलेर उठ्नै नसक्ने भए, ज्वरो नआएको अवस्थामा मुटुको धड्कन १ सय भन्दा बढी भए जुन आफैँले पनि नाप्न सकिन्छ । एक मिनेटमा नाडीको गति १ सय भन्दा बढी भए शरीरमा कुनै न कुनै समस्या छ भन्न सकिन्छ । त्यसबेलामा भने हामीले कोरोना भाइरसको जाँच गराउने हो ।

अथवा घरमा उच्च जोखिममा रहेको दमका रोगी, गर्भवती लगायतका अरु मानिस छन् भने विशेष निगरानी राख्नुपर्ने हुन्छ । यसमा भने कोभिड परीक्षण गर्नुपर्छ । किनकि सामान्य मान्छेलाई यसले केही असर नगरे पनि घरका अरु मानिसलाई सुरक्षित बनाउन सकिन्छ । दीर्घ रोगीलाई छिटै असर गर्न सक्ने हुनाले उनीहरुलाई सुरक्षित बनाउन सकियो परीक्षण पश्चात ।

अन्यथा सामान्य रुघाखोकी, घाँटी दुखेको, टाउको दुखेको छ भने परीक्षण गराइ हाल्नुपर्छ भन्ने छैन । ओमिक्रोन ४÷५ पटकभन्दा लामो समयसम्म नजाने हुनाले दिनमा ३÷४ पटक तातोपानीको वाफ लिने, मनतातो पानी धेरै खाने, खाने कुरा प्रशस्त खाने, मन प्रशन्न राखेर बस्ने गर्नुपर्छ । ५ दिनदेखि यसको लक्षण गइसक्ने हुनाले मास्क लगाएर सुरक्षित तवरले आफ्नो काममा फर्कँदा हुन्छ ।

यस्तो महामारीमा काठमाण्डौ अथवा धनुषामा रुघाखोकी फैलियो भने सबैलाई लाइन लगाएर परीक्षण गर्नुको केही अर्थ छैन । यदि जटिल समस्या देखिएमा वा उच्च जोखिम रहेका मानिस घरमा छन् भने मात्र परीक्षण गरौँ ।

यसमा परीक्षणलाई त्यति गम्भीर रुपमा नलिउँ । परीक्षण गर्दा पोजिटिभ आयो भने त ठीकै छ । नेगेटिभ आयो भने पनि कोभिड होइन भन्न सकिँदैन । किनकि त्यो परीक्षण नेगेटिभ भए पनि त्यसको सम्भावना धेरै उच्च छैन भन्ने होइन।

हामीले सुरुदेखि भनिरेहका छौँ कोभिड परीक्षणको संवेदनशीलता ५०÷६० प्रतिशत भन्दा टाढा छैन । १० जना कोभिड भएको मान्छेको परीक्षण गर्दा ५÷६ जना पहिचान भए पनि ३÷४ जना यसै छुट्न पनि सक्छ । यसकारण कोभिड परीक्षण भएको छैन भने जहाँतहीँ त्यसै हिँड्ने भन्ने हुँदैन ।

लक्षण देखिए घरमै आराम
लक्षण देखियो भने ४÷५ दिन घरमै आराम गरेर बस्नुस् । अहिलेसम्म लकडाउन गरिएको छैन । स्मार्ट लकडाउन भनेका छौँ हामीले । त्यो भनेको लक्षण देखियो भने नागरिकले आफैँ बुझुन् । आफैँलाई लकडाउन गरुन् भन्ने हो । यसो गर्दा कोभिड नभएका मानिस स्वतन्त्र रुपले हिँड्न् भन्ने हाम्रो मनशाय हो ।

अस्पतालको सिट भरियो भने हामीले अस्पतालको तर्फबाट चेतावनी दिने हो, सचेत बनाउने हो । त्यो भनेको अब अस्पतालले धान्न सक्दैन तपाईँहरु लकडाउनमा जानुस् । लकडाउनमा गएन भने अस्पतालमा सिट नै छैन भन्ने चेतावनीका सङ्केतहरु हामीसँग पनि छ । स्मार्ट लकडाउनका बेला हामीले त्यो मापदण्ड (प्रोटोकल) बनाएका छौँ । केही सिटहरु खाली हुन्जेल लकडाउन वा कफ्र्युमा हामी जान दिँदैनौँ ।

कोभिडलाई कसैले पनि रोक्न सक्दैन् । यसलाई रोक्छु, सुस्त बनाउँछु, यसलाई जित्छु, देशबाट भगाइ दिन्छु भन्ने कुरा अब नगरे हुन्छ। कोभिड छिरेपछि छिर्यो । लगभग दुई तिहाइ मान्छेलाई लाग्छ अनि यसको प्रभावकारिता सकिन्छ । हामीले करिब ६० प्रतिशत नागरिकलाई हुने अनुमान गरेका छौँ ।

तपाईँहरुले आराम गर्नुभयो भने त्यसको दुई वटा फाइदा छ । पहिलो तपाईँको ज्यान सुरक्षित हुन्छ । कोभिड लागेको बेलामा तपाईँले काम गर्नुभयो, हिँड्नु भयो, अनावश्यक रुपले जहाँ पायो त्यहीँ जानु भयो भने शरीर थकित हुन्छ । थकित शरीरमा कोभिडले झन् धेरै आक्रमण गर्छ ।

कोभिड लागेको बेलामा अफिसको तनाव, घरको तनावले झन बढी थकित हुनुहुन्छ तपाईँ । तपाईँकै शरीरलाई हानी गर्छ । त्यही भएर लक्षण देखिएमा घरमै आराम गर्नुस्, त्यो तपाईँको लागि, परिवारको लागि र देश तथा समाजको लागि पनि राम्रो हुने भएकोले सबैको लागि घरमै आराम गरेर बस्नुस् ।

ओमिक्रोनको सङ्क्रमणदर एकदमै उच्च भएकोले तपाईँलाई लक्षण देखिएकै दिन घरका परिवारलाई पनि सङ्क्रमण भैसकेको हुनसक्छ । तर, शरीरको प्रतिरोध क्षमताका कारण कसैमा लक्षण देखिन सक्छ, कसैमा नदेखिन सक्छ।

लक्षण देखिएकाहरु एउटा कोठामा बस्ने । नदेखिएकाहरु अर्को कोठामा बस्ने । भाइरल लोड कम गर्नका लागि कोठा छुट्याउन भनिएको हो । बाथरुम पालैपालो प्रयोग गर्ने । हाच्छिउँ गर्दा मुख छोप्नका लागि तौलिया सबै जनाले छुट्टै प्रयोग गर्ने । घरमा बसेको बेलामा पनि मास्कको प्रयोग गर्ने । पाँच वर्ष भन्दा कम उमेरका बच्चाले मास्कको प्रयोग गर्नु हुँदैन । आवश्यक छैन । मास्कले झन जटिलता ल्याउन सक्छ उनीहरुमा ।

आफूले गरेका सिंगान, खकार वा यस्तै पदार्थ बाथरुममै फाल्न पनि सकिन्छ तर, फालिसकेपछि राम्रोसँग क्लोरिन पानी वा स्पिरिटले सफा गर्ने जुन बजारमा किन्न पाइन्छ ।

खानेकुरामा खासै बार्नु पर्दैन । तर, फ्रीजको चिसो सीधा नखाने । फ्रीजबाट निकालेको एकाध घण्टामा खाने, मनतातो कुरा खाने, चिसो भएको हुनाले प्रोटिनयुक्त तथा माछा, मासु खान सकिन्छ । दालहरु खाँदा मिसाएको दुई किसिमको दाल खाने । शाकाहारी तथा घरबाट बाहिर ननिस्कने मान्छेका लागि भिटामीन डी, खाने । माछा, मासु खानेका लागि खासै भिटामीनको आवश्यक्ता पर्दैन ।

प्रोटीनयुक्त र शरीरलाई पुग्ने गरी खानुपर्छ यस्तो समयमा । मोटाइन्छ भनेर यस्तो बेलामा कम खाने नगर्नुस् । ४÷५ दिनमा कोही पनि मोटाउँदैन । यसले गर्दा हामीमा जाडो तथा कोभिडसँग लड्ने शक्ति आउँछ ।

ओमिक्रोनलाई कम नआकौँ
ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक त हो तर, डेल्टाभन्दा ४÷५ गुणा छिटो प्रसार हुन्छ । ओमिक्रोनले मान्छे मर्न सुरु भइसक्यो । पहिले पनि १७÷१८ हजारलाई लाग्दा केही भएको थिएन । पछि हाम्रो अस्पतालले थेग्नै सकेन । त्यसकारण यो कम खतरनाक हो भनेर नबस्नुस् । युरोपमा ओमिक्रोनले मृत्यु हुन सुरु भैसक्यो । कोभिड भनेको पहिले जस्तै भ्रममा नपरौँ ।

अहिले कम भाइरल लोड भएका बेलामा तपाईँ सङ्क्रमित हुनु भएको छ भने भाग्यमानी ठान्नुस् । तर, माघ दोस्रो हप्तादेखि भाइरल लोड बढी हुने सम्भावना छ । त्यसकारण यसलाई रुघाखोकी मात्रै हो केही होइन भनेर हल्का रुपमा लिएर बाहिर ननिस्कौं ।

खोप लगाउन अनुरोध
खोप नलगाएकाहरुलाई मेरो अनुरोध के छ भने सरकारले खोप ल्याउँदा सबैभन्दा पहिले डाक्टरलाई खोप दियो । डाक्टरको औजार भनेकै औषधि हो ।

खेल्ने भनेकै औषधिसँग हो । औषधिको नकारात्मक असर के छ, औषधिले के हुन्छ ? औषधि खाएर मान्छे मर्छ वा असर मात्र हुन्छ भन्ने कुरा डाक्टरलाई बाहेक अरुलाई कसलाई थाहा हुन्छ ? कुनै पत्रपत्रिका वा अरु कसैलाई थाहा हुँदैन । जबकि आएको खोप ९० प्रतिशत हामी स्वास्थ्यकर्मीले लिइसक्यौँ भने तपाईँलाई खोप लिने डर किन ?

मधेश प्रदेश वा सम्पूर्ण नेपालीलाई के आग्रह गर्न चाहन्छु भने बुस्टर डोज आउँदा पनि पहिलो हामीले नै लगाइ रहेका छौँ । बुस्टर डोज लियो भने मुटु फेल हुन्छ, जीवन सानो हुन्छ भन्ने सबै बेकारका कुरा हुन् । हाम्रो जीवन अमूल्य छैन ? कक्षामा प्रथम, दोस्रो भएर राम्रो छ, तेज छ भनेर तपाईँहरुले डाक्टर पढाएको होइन हामीलाई ?

अनि हामी सबैले खोप लिँदा तपाइँहरु खोप लिन किन डराउने ? सबैको जीवन बराबर हो । कोभिडका सन्दर्भमा बुझ्ने त हामी हौँ नि । खोपको सम्बन्धमा, त्यसको असरका बारेमा सबैभन्दा धेरै बुझ्ने त हामी हो नि ।

हामीले तेस्रो खोप लिँदा तपाईँहरु भने पहिलो पनि नलिने ? त्यसकारण यहाँहरु सबैसँग विनम्र अनुरोध छ खोपको साइड इफेक्ट छैन । लाखौँलाख मान्छेले लगाएका छन् । उसोभए खोप नलगाएका मान्छे मरेका छैनन् ? खोप लगाएको मान्छे मर्यो भनेर हल्ला गर्ने होइन ।

७०÷८० वर्षदेखि भर्खर डाक्टर पास भएकासम्मले खोप लगाएका छन् । खोपको साइड इफेक्ट छैन । यसकाबारे भ्रम फैलाइएको हो । त्यसकारण तपाईँहरु आफ्नो पायक पर्ने ठाउँमा आजै गएर खोप लगाउनुस् । तपदेशले अर्बौँ अर्ब खर्च गरिरहेको छ । यसको सदुपयोग गरौँ । सबैलाई कोभिडबाट मुक्त हुने वातावरण बनाऔंँ । डा. जामुन प्रसाद सिंहले उज्यालो अनलाइनमा लेखेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु
स्वास्थ्य

देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु

२०७८ माघ ७, शुक्रबार १६:०७
मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन
स्वास्थ्य

मेडिकल काउन्सिलले सामाजिक सञ्जालमार्फत औषधि र उपचारबारे सल्लाह नदिन निर्देशन

२०७८ माघ ७, शुक्रबार १६:०७
स्वास्थ्य सेवा सुचारू राख्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य

आइतबार र शनिवार सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय

२०७८ माघ ७, शुक्रबार १६:०७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०७८ माघ ७, शुक्रबार १६:०७
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०७८ माघ ७, शुक्रबार १६:०७
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०७८ माघ ७, शुक्रबार १६:०७
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०७८ माघ ७, शुक्रबार १६:०७
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०७८ माघ ७, शुक्रबार १६:०७
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०७८ माघ ७, शुक्रबार १६:०७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व