सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतबाट कुखुरा तस्करी : बर्डफ्लुको जोखिम !!

काठमाडौँ — गत पुस २२ मा भारतको मध्यप्रदेश, महाराष्ट्र, राजस्थान र हिमाञ्चल प्रदेशमा बर्डफ्लु भेटिएको समाचार सार्वजनिक भयो । त्यसको पुष्टि भने भारतले पुस २५ मा मात्रै गर्यो । भारतमा बर्डफ्लु देखिएपछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पशु स्वास्थ्य तथा पशु सेवा ऐन २०५५ दफा ११ को अधिकार प्रयोग गरेर शंकास्पपद÷जोखिम जोडिएका पदार्थ कुखुराको मासु र मासुजन्यमा रोग संक्रमित मुलुकबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातमा बन्देज लगाएको छ ।

भारतलगायत संक्रमित मुलुकबाट आयात बन्देज भए पनि खुला सीमाका कारण तस्करी व्यापक छ । पुसमा मात्रै कुखुराका चल्ला, ब्रोइलर, लोकल कुखुरा र हाँस गरी १५ हजार ८३ वटा नष्ट गरिएको पशु सेवा विभागअन्तर्गत क्वारेन्टाइन महाशाखाले जानकारी दिएको छ । माघमा १७ हजार ४२ वटा र फागुन दोस्रो सातासम्म सीमा क्षेत्रमा २२ सय ५५ वटा पशुजन्य पदार्थ तथा पशु उत्पादन सामग्री नष्ट गरिएको छ ।

चालु आर्थिक वर्षको फागुन दोस्रो सातासम्ममा ५६ हजार ८ सय ५६ वटा पशुपन्छीजन्य वस्तु नष्ट गरिएको विभागले जनाएको छ । ‘तुलनात्मक रूपमा मासु र चल्लाको मूल्य यहाँ महँगो छ,’ विभागका प्रवक्ता चन्द्र ढकालले भने, ‘जसले गर्दा अवैध रूपमा चोरीपैठारी भएको छ ।’ सीमा प्रहरी, भन्सार कार्यालय र क्वारेन्टाइन कार्यालयको सक्रियतामा उक्त पशुपन्छीजन्य वस्तु नष्ट गरिएको हो । तर खुला सीमाका कारण नष्ट गरिएको परिमाणभन्दा दोब्बर भित्रिने गरेको जानकारहरू बताउँछन् ।

World Link Ads
Mahakali Polytechnic

नेपालमा एक किलो मासुको मूल्य ३ सय ७० रुपैयाँ तोकिएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायीका अध्यक्ष जंगबहादुर बीसीले जानकारी दिए । तर भारतमा भारु १ सय रुपैयाँमा एक किलो किन्न पाइन्छ । भारतबाट नेपाल भित्र्याउन सके किलोमै दोब्बर फाइदा हुने हुँदा तस्करी बढेको हो । ‘भारतमा बर्डफ्लुका कारण केही ठाउँमा बिक्री प्रतिबन्ध गरिएको छ । व्यवसायी मासु फाल्ने अवस्थामा पुगेका छन् । त्यही भएर सीमामा भारतीय कुखुरा बिक्री भइरहेको सत्य हो,’ बीसीले भने, ‘केही ठाउँमा सरकारी अधिकारीले समातेर नष्ट गरे पनि मिलोमतोमै दोब्बर परिमाणमा भित्रिएको छ ।’

Dirghayu Ads
Sana Kishan

सरकारी निकायले विशेषगरी पशु क्वारेन्टाइज कार्यालय भैरहवा, नेपालगन्ज, गड्डाचौकी र वीरगन्ज क्षेत्रमा त्यस्ता पशुपन्छी जन्य वस्तु नष्ट गरेको विभागको तथ्यांक छ । व्यवसायीकै मिलेमतोमा पनि भारतबाट आयात गरिन्छ । ‘दशगजा क्षेत्रमा कुखुरा राख्न खोर नै बनाइएको जानकारी पाएका छौं, त्यो खोरमा कुखुरा पालिँदैन । तर साइकल, मोटरसाइकलबाट ढुवानी गरेर तिनै खोरमा राखिन्छ,’ राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका सचिव देव गिरीले भने, ‘त्यो ट्रान्जिट पोइन्टबाट गाडीमा नेपालका विभिन्न क्षेत्रमा बिक्री गरिन्छ ।’

 

बिहारमा कुखुराको मासु प्रतिकिलो १ सय भारु पर्छ । वीरगन्ज क्षेत्रमा भने प्रतिकिलो ३ सय २० रुपैयाँ छ । काठमाडौं उपत्यकामा संघले ३ सय ७० रुपैयाँ तोकेको छ । भारतीय कुखुराका कारण तस्करसँगै बिक्रेतालाई पनि फाइदा भएको गिरीले बताए । पछिल्लो समय नेपालमा पनि बर्डफ्लु देखिएको छ । पशु सेवा विभागले तारकेश्वरमा तीन र सुर्खेतमा एक पटक बर्डफ्लु भेटिसकेको छ । तस्करीका चल्ला, कुखुरा तथा मासुजन्य वस्तु व्यापक मात्रामा भित्रिँदा थप चुनौती बढिरहेको छ । पुसमा कुखुराका चल्ला १० हजार २ सय १०, ब्रोइलर कुखुरा ११ सय ६७, लोकल कुखुरा २२ सय ५६ र हाँस १२ सय ७० वटा नष्ट गरिएको विभागको तथ्यांक छ ।

माघमा कुखुराका चल्ला ७ हजार ९ सय ५०, ब्रोइलर कुखुरा ४ हजार २ सय ९५, स्थानीय कुखुरा २ सय ६७, हाँस ६ सय ६० र हाँसका अन्डा १५ सय ६० वटा नष्ट गरिएको छ । फागुन दोस्रो सातासम्म १७ सय कुखुराका चल्ला र ब्रोइलर ४ सय ७३ वटा नष्ट गरिएको छ । पछिल्लो समय सीमा क्षेत्रमा कडाइ गरेकै कारण चोरी पैठारीबाट आएका वस्तु समात्न सफल भएको विभागका प्रवक्ता चन्द्र ढकालले बताए ।

 

(राजु चौधरीले ekantipur.com मा लेखेका छन्।)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.