सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आखिर किन चलेको थियो कञ्चनपुरको सीमा क्षेत्रमा बिहीवार राति गोली ‌!

कञ्चनपुर : कञ्चनपुरमा पछिल्लो समय तस्कर र अबैध कारोबार बढी रहेको बिहीवारको घटनाले पुष्टि गरेको छ ।

बेलौरी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकै बिहीबार साँझ तस्कर र प्रहरी बिच गोली हानाहानमा गोली लागेर एक भारतीयको मृत्यु भएको छ भने, एक जना प्रहरी जवान घाईते गस्तीमा खटिएका बेला तस्कर र प्रहरीबीच भएको दोहोरो भिडन्तका क्रममा भारतको पिलीभितका अन्दाजी ३२ वर्षीय गोविन्द सिंह मारिएको र ३५ बर्षका प्रहरी जवान बिरसिंह सावद को दाहिने खुटटाको बुढी औला र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ ।

प्रहरीलाई गोप्य सुचनाको आधारमा भारतबाट नक्कली नोट छाप्ने मेसिन सहित लागु औषध ओसारपसार भइरहेको जानकारीको आधारमा प्रहरी टोली खटिएको थियो । प्रहरीको ५ जनाको टोलीले तस्करहरुलाई देखे पछि उनिहरुले बोकेको झोला खान तलासी गर्दा ४ जनाको समुहमा रहेको तस्करहरुले प्रहरीमाथी हमला गरेको र अनि मात्रै प्रहरीले फायर खोलेको डिएसपी थापाले बताए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

प्रहरी नायब उपरीक्षक थापाका अनुसार सीमाबाट सोही समूहले नेपाल भित्र्याउदै गरेका २ वटा नक्कली नोट छाप्ने मेसिन, नोट छाप्न प्रयोग गरिने कागज, ६५ ग्राम ब्राउन सुगर र २४ ग्राम सेतो सुगर पनि बरामद गरिएको छ ।

Dirghayu Ads

सीमा क्षेत्रमा कञ्चनपुरका बिभिन्न क्षेत्रमा सशस्त्र प्रहरीका बिओपी थपिएका छन्, तस्करी रोक्न र अपराध नियन्त्रण गर्न नेपाल प्रहरीका चौकी बढाइएका छन्, तैपनि तस्करी रोकिएको छैन् ।

 

(unitykhabar.com बाट साभार)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.