सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

कञ्चनपुरमा पालिका स्तरीय टी-२० क्रिकेट प्रतियोगिता सुरु !!

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
फाल्गुन २०, २०७७
3 mins read

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
8

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
14
बिकास सिंह महता- (महेन्द्रनगर)
दोस्रो संस्करणको उद्धघाटन खेलमा भीमदत्तले बेलौरी नगरपालिका लाई १ सय २७ रनले हराउँदै पहिलो जित दर्ता बिकास सिंह महता कञ्चनपुर / २० फागुन २०७७ बिहिवार सुदूरपश्चिम प्रदेश खेलकुद क्षेत्र देखि लिएर एउटा क्रीकेटका उर्वरा भुमिका रुपमा परिचित रहेको एउटा कञ्चनपुर जिल्लाको सदरमुकाममा दोस्रो कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको उद्धघाटन भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टले गर्नु भएको थियो।
कञ्चनपुर क्रीकेट संघको आयोजनामा बिहिवार फागुन २० गते देखि महेन्द्रनगर स्थित कबडहलको खेलमैदानमा दोस्रो पालिका स्तरीय कञ्चनपुर क्रीकेट कप टि-२० प्रतियोगिताको उद्धघाटन खेलमा भीमदत्त नगरपालिकाले बेलौरी नगरपालिका लाई १ सय २७ रनले हराउदै आफ्नो पहिलो खेलमा विजय सुरुवात गरेको छ। उद्धघाटन खेलमा टच जित्दै भीमदत्त नगरपालिका पहिलो ब्याटिङ रोजदै निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा २ सय २५ रनको योगफल तयार पारेको थियो।
जसमा भीमदत्त नगरपालिका टिमको लागि मनोज खड्काले नटआउट रहदै ३ चौका २ छक्कको प्रहार गर्दै २२ बलमा ४१ रन,सुशील खड्काले ३० बलमा ७ चौका हान्दै ३५ रन,हेमन्त कार्कीले ७ चौका संगै १९ बलमा ३४ रन बनाएका थिए भने मिलन बोहराले १३ बलमा ५ चौका १ छक्का गरि ३१ रन जोड्दै नट आउट रहेका थिए। बेलौरीको तर्फबाट अभिषेक उपाध्यायले ४ ओभरमा ३३ रन दिदै ३ विकेट ,मनोज भट्टले चार ओभर र सुशील पन्तले ३ ओभर फाल्दै समान एक -एक विकेट हात पारेका हुन। यसरी २ सय २६ रनको लक्ष्य पन्छ्याउन क्रममा मैदान उत्रेको बेलौरी नगरपालिका २० ओभरमा ८ विकेटको क्षतिमा ९८ रनमा सिमित हुन पुग्यो। बेलौरी टिमका लागि ब्याट्सम्यान अभिषेक उपाध्यायले २० बलमा एक चौकाको मदतले १५ रन,सुशील पन्तले २७ बोल खेल्दै १२ रन जोड्न पुगेका थिए भने अरु ब्याट्सम्यानले भने टिक्न सकेनन् ।
भीमदत्तको तर्फबाट टिम क्याप्टेन सन्तोष भट्टले ४ ओभरमा ९ रन दिदै ३ विकेट ,युद्ध बिक्रम चन्दले ४ ओभरमा फाल्दै २० रन दिदै २ विकेट र बिकाश आग्री , हेमन्त धामी,प्रकाश बिष्टले ४-४ ओभर फाल्दै समान एक-एक विकेट लिएका थिए। उक्त खेलको म्यान अफ द म्याच भीमदत्त नगरपालिका टिम क्याप्टेन सन्तोष भट्ट घोषित भए। यो संगै भीमदत्त नगरपालिकाले आफ्नो पहिलो खेल १ सय २७ रनको फराकिलो अन्तरले बेलौरी लाई हराउदै आफुले बिजय सुरुवात गरेको कञ्चनपुर क्रीकेट स्कोरर नरेन्द्र राज भट्टले जानकारी दिएका छन् । उनका अनुसार आज शुक्रबार दुई खेल हुने र दोस्रो दिनको पहिलो खेल बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिका बिच बिहान ९:३० बजे हुने छ भने दोस्रो दिनको दोस्रो खेल भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिका बिच दिउँसो १ बजे महेन्द्रनगर स्थित कबड हलको खेलमैदान संचालन हुने छ।
प्रतियोगितामा कञ्चनपुर जिल्लाका ९ वटा पालिका मध्य ७ वटा स्थानीय तहका टिमको सहभागिता रहेको छ। प्रतियोगिता फागुन २० देखि २६ गते सम्म लिक कम नकाउटको आधारमा दुई समुह विभाजन गरि संचालन हुन लागेको आयोजकले बताएको छ। विश्वव्यापी रुपमा फैलिएको महामारीले गर्दा खेलकुद क्षेत्र नै धरापमा परेको यो समयमा सबै स्थानीय तह हरुको टिम सहयोगमा जिल्लामा क्रीकेट प्रतियोगिताको आयोजना हुन लागेको र प्रतियोगितामा कञ्चनपुर जिल्लाका नौ पालिका मध्य २ वटा पालिका बाहेक ७ वटा स्थानीय तहको टिमको सहभागिता रहेको छ। प्रतियोगितामा यू-१९ उमेर समुहका ५ जना खेलाडी अनिवार्य रुपमा राख्नु पर्ने छ। जसले गर्दा एउटा जिल्ला, प्रदेश हुँदै राष्ट्रिय टिमका लागि एउटा यू-१९ खेलाडीलाई छनोट गरि टिम बनाउनमा भने ठूलो सहयोग पुग्ने देखिन्छ ।
सहभागी टिम महाकाली नगरपालिका ,भीमदत्त नगरपालिका ,बेदकोट नगरपालिका ,शुक्लाफाँटा नगरपालिका ,कृष्णपुर नगरपालिका ,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका रहेका छन् । समूह” ए” मा भीमदत्त ,बेलौरी ,शुक्लाफाटा र बेलडाँडि रहेका छन। समुह “बि” मा बेदकोट,दोधारा चादनी र कृष्णनगपालिका रहेका छन् । प्रतियोगिताको च्याम्पियन हुने टिमले पुरस्कार १ लाख र उपविजेता हुने टिमले नगद ५१ हजार मेडल प्रमाणपत्र र ट्रफी हात पर्ने छन् ।
जसमा प्रतियोगिताका सर्वाधिक उत्कृष्ट खेलाडीलाई समेत नगद पुरस्कार समेत रहेको छ। दोस्रो संस्करण पालिका स्तरीय टि-२० प्रतियोगिताको उद्धघाटन कार्यक्रमका सभापति कञ्चनपुर क्रीकेट संघका अध्यक्ष विरेन्द्र चन्द,प्रमुख अतिथि भीमदत्त नगरपालिका मेयर सुरेन्द्र बिष्ट रहनु भएको थियो भने विशिष्ट अतिथिमा जंग बहादुर मल्ल ,सुदूरपश्चिम प्रादेशिक क्रीकेट संघका उपाध्यक्ष दिपक राज चालिसे,अतिथिमा कञ्चनपुर जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख गोपाल भट्ट भीमदत्त ,वडा न.४ लक्ष्मी दत्त बोहरा, कञ्चनपुर औषधि व्यवसायी संघ अध्यक्ष रामचन्द्र बुढा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्द लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु,खेलप्रेमी खेलाडीको उपस्थिति रहेको थियो। कञ्चनपुर क्रीकेट संघका सदस्य विशाल सोनारले कार्यक्रम संचालन गरेका थिए।

सिफारिस

खेल

मलेसियाविरुद्ध नेपालको शानदार जित, कुशलको लगातार दोस्रो अर्धशतक !!

बैशाख ६, २०७८
8
कन्चनपुर

आरक्षपीडित समस्या समाधान आयोगको संयोजकमा युवा नेता बम नियुक्त ।।

बैशाख ५, २०७८
14
खेल

त्रिदेशीय टी–ट्वान्टी शृङ्खलाको पहिलो खेलमा नेपालको शानदार जित !!

बैशाख ४, २०७८
18
खेल

इन्डियन प्रिमियर लिग (आईपीएल) : धोनीको दुई सयौं खेलमा चेन्नाई विजयी

बैशाख ४, २०७८
11
खेल

आईपीएलमा रोएल च्यालेन्जर्स बेंगलोरको लगातार दोस्रो जित !!

बैशाख २, २०७८
7
कन्चनपुर

कञ्चनपुरमा लुकाईछिपाइ राखेको अवस्थामा काठ बरामद !!

बैशाख १, २०७८
14
अर्को

मेलौली माताको दिव्य धामको दर्शन गरी मिती २०७७ फागुन २१ गते शुकबारको राशिफल हेर्नुहोस् ! यी तीन राशीलाई आज धन प्रप्तीको योग !!

बैतडीमा दोस्रो प्राथमिकताको पहिलो चरणको कोरोना खोप २३ गते देखि सञ्चालन हुने !!

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
6

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
5

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
7
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
4

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In