सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

शुदुरपश्चिमको कला संस्कृति संरक्षण अभियानमा बैतडीको सुर्नया गाउँपालिका !

बैतडी- १७ माघ,बैतडीको सुर्नया गाउँपालिकाले संस्कृति संरक्षणका लागि सगुन,फाग, अठ्यावाली लगायतका सांस्कृतिक पक्षहरुलाई उजागर गर्ने भएको छ । जनतासंग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत संस्कृति संरक्षणका लागि स्थानीय जानकारहरुको भेला गराएर छलफल थालिएको गाउँपालिकाका उपाध्यक्ष लिला बिष्टले जानकारी दिनुभयो ।

प्रत्येक वडामा सगुना,फाग, अठ्यावाली लगायतका सांस्कृतिक कार्यक्रमका बिषयमा जानकार महिलाहरुसंग छलफल भईरहेको उहाँले बताउनुभयो । प्रत्येक वडामा छलफल र अन्तरक्रिया सगुना, फाग, अठ्यावाली सम्बन्धि जानकार महिलाहरुलाई छनौट गरेर तालिम सञ्चालन गरिने उहाँले बताउनुभयो ।

पछिल्लो समयमा युवा पुस्ताहरु संस्कृतिका बारेमा जानकार नहुँदा संस्कृति ओझेलमा परेकाले संस्कृति संरक्षणका लागि आफूहरुले अभियान चलाएको उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो । प्रत्येक वडाबाट प्रशिक्षकहरु छनौट गरेपछि वडाका युवा महिलाहरुलाई संस्कृतिका बारेमा तालिम दिइने उपाध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

२५ देखि ३५ बर्ष उमेर समूहका महिलाहरुलाई स्थानीय संस्कृतिका बारेमा जानकारी दिनका लागि तालिमको आयोजना गरिने उहाँले बताउनुभयो । यस्तै सगुन,फाग, अठ्यावाली समेटिएको पुस्तक तयार पार्ने गाउँपालिकाको योजना रहेको उहाँले बताउनुभयो ।

Mahakali Polytechnic

अहिले सम्म अलिखित रुपमा रहेको सांस्कृति पक्षहरुलाई पुस्तक मार्फत बाहिर ल्याउने आफूहरुको योजना रहेको उहाँले बताउनुभयो । यसले युवाहरुको संस्कृति संरक्षणमा सहभागिता बढ्ने विश्वास समेत गरिएको छ ।

 

World Link Ads

(ninglashainionline.com बाट साभार)

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds