बैतडी- माघ १७, बैतडीको मेलौली नगरपालिका वडा नं २ मा सिचाई कुलो अवरुद्ध हुँदा किसानहरु समस्यामा परेका छन । सलेना कुजागाड जोड्ने साखा सडकले भोरा सलेना तलिकुल सिचाई कुलो अवरुद्ध भएपछि आफुहरुलाई सिचाइ गर्न समस्या भएको स्थानिय शुरेन्द्र बहादुर चन्दले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सलेना कुजागाड जोड्ने साखा सडकलाइ फराकिलो बनाउन डोडजर प्रयोग गरिदा सडको सुरक्षाका लागि लगाइएको वाल भत्कीएर ल्वापडमा कुलो अवरुद्ध भएको हो ।
एक हप्ता देखि सिचाइ कुलो अवरुद्ध हुदा स्थानियहरुलाई सिचाई गर्न, बस्तुभावहरुलाई पानी खुवाउन र सरसफाइ गर्न समेत समस्या भएको उहाँले बताउनुभएको छ ।
बेला बेला सिचाइ कुलो अवरुद्ध हुनेगरेपछि किसानहरुले सास्ती खेप्नु परेको बताइएको छ । प्रसस्त अन्न उत्पादन हुने सो क्षेत्रमा सिचाईको सुविधा भएपनि बेला बेला कुलो अवरुद्ध हुने गरेकाले किसानहरु समस्यामा पर्ने गरेका स्थानिय चन्दको भनाई छ ।

यता सलेना कुजागाड सकड खण्ड निर्माण समितिका अध्ययक्ष खेम सिहँ भण्डारीले सकड फराकिलो बनाउदा एक साता कुलो अवरुद्ध हुने पूर्व जानकारी गराएर काम अगाडि बढाएको बताउनुभएको छ ।
कुलो अवरुद्ध हुँदा किसानहरुलाई समस्या भएको गुनासो स्वाभाविक भएको सुनाउदै उहाँले सकड विस्तारको कामलाई स्थग्न गरेर पनि अवरुद्ध कुलो सञ्चालन गर्ने प्रतिकृया दिनुभएको छ ।

(रेडियो बैतडी बाट साभार)
