बैतडी- यहि माघ ८ गते सुन्य सक्रिय संक्रमित बनेको बैतडी जिल्लामा आज एक जना कोरोनाका बिरामी फेला परेका छन । इलाका प्रहरी पाटन थुनामा रहेका का ३० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन महराले जानकारी दिनुभयो ।
इलाका प्रहरी कार्यालय पाटनका अनुसार २ महिना पहिले लागु औषद ओसारपसारमुद्धामा पक्राउ परेका बmझाङका एक पुरुषमा कोरोना देखिएको हो । ३ दिन पहिले मात्रै उहाको कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको थियो । अहिले उनलाई प्रहरी कार्यालयकै एकान्तबासमा राखिएको बताइएको छ ।
(radio7star.org बाट साभार)
