बैतडी- बैतडीको सतबाँझदेखि सुर्नया जोड्ने कच्ची सडकमा यातायात व्यवसायीले मनोमानी भाडा असुल गरेको गुनासो आएको छ । सतबाँझदेखि सञ्चालन हुने सवारी साधनमा मनोमानी भाडा असुल्ने गरेको सुर्नया ५ का अस्मिता मडैले जानकारी दिनुभयो । सनशेरीमाण्डौंदेखि सतबाँझको अढाई सय भाडा असुलेको उहाँले गुनासो गर्नुभएको छ ।
यो भन्दा पहिला पनि सतबाँझदेखि सुर्नया जोड्ने सडकमा जिप व्यवसायीले मनोमानी भाडा असुल्ने गरेको आरोप लाग्दै आएको छ । यता ट्राफिक प्रहरीले भने बढी भाडा असुल्ने जिप नम्बर दिएमा आफूहरुले कारवाही गर्ने बताएको छ ।
तोकिएको भाडा भन्दा बढी लिएको पाइएमा कानुन अनुसार कारवाही गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले जानकारी दिनुभयो । कच्ची सडकमा बढी भाडा लिएको बिषयमा आफूहरुले पहिला पनि अनुगमन गरेको रावलले बताउनुभयो ।

बढी भाडा लिएको जिप नम्बर सहित सूचना दिन पनि उहाँले आग्रह गर्नुभएको छ । जिल्लामा छोटो दुरीका सवारी साधनमा अनिवार्य भाडादर टाँस्न लगाइएको पनि ट्राफिक प्रहरी कार्यालयका प्रमुख रावलले जानकारी दिनुभयो ।
(ninglashainionline.com बाट साभार)

