बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं २ रजाड नानीगैरमा ट्रस्ट निर्माण कार्य शुरु भएको छ । ग्वालेक केदार मन्दिर नजिकै नानीगैरमा पूजापाठ, र औराध्य गर्न आउने भक्तजनहरुको समस्यालाई मध्यनजर गरेर स्थानिय युवाहरुको सहयोगमा मन्दिर आउने भक्तजनहरुलाई पानी परेकाबेला बस्न सजिलो होस भनेर टिनको ट्रस्ट निर्माण गर्न लागिएको ग्वाल्लेक केदार युवा क्लबका सचिब नरेन्द्र बोहराले जानकरी दिनुभएको छ ।
वर्षादको सयमा मन्दिरमा पूजापाठ गर्न जाने भक्तजनहरुलाई अप्ठारो हुने भएकाले आफुहरुले सो समस्यलाई दृष्टीगत गरेर ट्रस्ट निर्माणको थालनि गरेका उहाँले बताउनुभयो ।
देश विदेशमा छरिएर रहेका सम्पूर्णस्थानिय युवा युवाहरुको आर्थिक सहयोगमा १५ जना जती सम्म भक्तजन अटाउने ट्रस्ट निर्माण भइरहेको बताइएको छ । ट्रस्ट निर्माणका लागि ८० हजार रुपयाँ संकलन भइसकेको र बाँकी २५ हजार दिनेपनि युवाहरुले प्रतिवद्धता जनाइसकेका क्ललबका सचिब बोहराको भनाई छ ।
ट्रस्ट निर्माण पछि भक्तजनहरुलाई पानीपरेको बेला बस्न सजिलो हुने भएको छ ।पछिल्लो समय गाउँ समाजमा रहेका युवाहरु समस्या पहिचान गरि सामाधानका लागि सकृय भएर लागन थालेका छन् ।

यस अघि पनि ग्वाल्लेक केदार युवा क्लबले सहयोगिहरुबाट प्राप्त पैसाबाट दनपा २ देहिमाडौँमा अवस्थीत प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा गेट निर्माण गरेको थियो ।
ग्वाल्लेक केदार युवा क्लबले आफुहरु गाउँ समाजका समस्या पहिचान गरि समाधान गर्न लागि परेको जनाउँदै मनकारी युवाहरुलाई सहयोगका लागि यो अभिायनमा जुट्न अपिल गरेको छ । पछिल्लो समय बैतडीमा युवाहरुकै सकृयतामा भौतीक विकास र सामाजिक विकास पनि हुदैँ गएको छ ।

(रेडियो बैतडी बाट साभार)
