सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सर्भर नचल्दा लोकसेवाको फारम बुझाउन समस्या

काठमाडौं – लोकसेवा आयोगको सर्भरमा समस्या देखिँदा स्थानीय तहका लागि आवेदन दिने आवेदक मर्कामा परेका छन्। स्थानीय तहका लागि आवेदन भर्ने म्याद सकिन केही दिन बाँकी रहँदा आयोगको अनलाइन आवेदन पोर्टलमा समस्या देखिएको छ। अनलाइन फर्म भर्न आयोगले तोकेको वेबपेज (पिएससी अनलाइन डट पिएससी डट जिओभि डट एनपी)मा तीनदिनदेखि प्रयास गर्दा पनि लगइन हुन नसकेको पीडितहरूको गुनासो छ। आयोगको अनलाइन सिस्टमका कतिबेला लगइन नै नहुने, कतिबेला लोड नहुने समस्या देखिएको पीडितले बताएका छन्।

तनहुँ घर भई काठमाडौंमा अध्ययनरत सञ्जय परियाले लोकसेवामा आवेदनका लागि आफूले तीन दिनयता प्रयास गरिहेको भए पनि अहिलेसम्म अनलाइनबाट आवेदन बुझाउन नसकिएको बताए। ‘मैले तीन दिन भयो, अनलाइनबाट फारम बुझाउन प्रयास गरिरहेको छु, तर लगइन नै भएन,’ उनले भने ‘यस विषयमा आयोगको वेबसाइटमा राखिएको टेलिफोनमा पटकपटक फोन गरेर जानकारी दिँदा पनि सुधार आएको छैन, मंगलबारसम्म म्याद छ, तर मलगायत थुप्रै साथीहरूले पोर्टल लगइन नहुँदा फर्म बुझाउनै पाएनौं।’

म्याद सकिनै लाग्दासमेत लोकसेवाको अनलाइन फारम बुझाउन समस्या भएपछि धेरैले सामाजिक सञ्जालमार्फत गुनासो पोखेका छन्। काठमाडौंकी प्रतिभा मगरले लोकसेवाको आवेदन फारम बुझाउने प्रयासमा दिन बिते पनि आवेदन दिन नसकिएको बताइन्। ‘हिजो (आइतबार)देखि प्रयास गर्दा गर्दै फर्म नभरिकन दिन भयो,’ उनले भनिन्, ‘यसबारे गुनासो गर्न आयोगको कार्यालयमा पनि गयौं तर आयोगकै कर्मचारी आफैं अलमलमा थिए।’ उनले लोकसेवाको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन दिएपछि के हुने भन्ने अन्योलका कारण आवेदन दिन ढिलाइ भएको बताइन्। ‘संसदीय समितिको निर्देशनपछि रद्द हुन्छ भन्ने लागेको थियो तर अहिले नहुनेजस्तो देखियो, अन्योलले गर्दा आवेदन दिन ढिलाइ भयो, अहिले अन्तिममा आएर आवेदन बुझाउनै सकिएन।’

काठमाडौंकी चन्द्रा नेपालले पाँच दिनदेखि अनलाइन आवेदन दिने प्रयास गरे पनि आवेदन भर्न नसकिएको बताइन्। ‘साइट खुल्छ तर लगइन हुँदैन, पाँच दिनदेखि समस्या छ,’ उनले भनिन् ‘हामीले फर्म भर्न सकिएन, साइटकै कारण समस्या भयो, समय बढाउनुप-यो।’

Mahakali Polytechnic

आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले अन्तिम समयमा आवेदक बढेपछि फर्म बुझाउन समस्या भएको गुनासो प्राप्त भइरहेको बताए। ‘लोकसेवाको विज्ञापन रद्द गर्न राज्य व्यवस्था समितिले निर्देशन दिएपछि के हुन्छ भन्ने अन्योलका कारण पनि पहिले धेरैको आवेदन आएन,’ उनले भने, ‘अहिले आवेदन भर्नेको संख्या बढिरहेको छ, एकैपटक धेरैले लगइन गर्दा समस्या भएको हो।’

World Link Ads

सूचना अधिकारी सुवेदीका अनुसार हाल झण्डै ६० हजारभन्दा बढी लगइन निरन्तर छ। उनले अनलाइन आवेदन बुझाउन समस्या भएको गुनासो आएपछि आयोगले सर्भरको क्षमता दोब्बर बनाए पनि समस्या समाधान हुन नसकेको बताए। ‘अहिले पनि एकैपटक लगातार ६० हजारले एकैपटक लगइन गरिरहेको देखिन्छ,’ उनले भने ‘हामीले यसलाई सुधार्ने कोसिस गरिरहेका छौं।’ उनका अनुसार पछिल्लो समय प्रतिमिनेट ५० देखि सय जनाले आवेदन बुझाइरहेका छन्। आयोगका अनुसार मंगलबारसम्म आवेदकको संख्या १ लाख ६० हजारको हाराहारीमा पुगेको छ।

Sana Kishan

स्थानीय तहको मागका आधारमा आयोगले स्थानीय तहका लागि दुई साताअघि ९ हजार १ सय ६१ पदमा विज्ञापन गरेको थियो। स्थानीय तहको विज्ञापन समावेशी नभएको आरोप लगाउँदै संसद्को राज्यव्यवस्था समितिले विज्ञापन रद्द गरी करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो। तर सरकार र आयोगले भने संविधान र कानून अनुसार नै समावेशी सिद्धान्तको पालना गरी विज्ञापन गरिएको बताउँदै आएका छन्। विज्ञापनको पक्ष र विपक्षमा परेको मुद्दा अहिले सर्वाेच्च अदालतमा विचाराधीन अवस्थामा छ।- नागरिक न्युज

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.