सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्रीको युरोप भ्रमण: उपलब्धि कम, घुमफिर बढी

काठमाडौ – प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो युरोप भ्रमण सकेर आइतबार स्वदेश फर्किएका छन्। नेपालका प्रधानमन्त्रीले १८ वर्षपछि पहिलो कूटनीतिक सम्बन्ध विस्तार भएको मुलुक बेलायतलगायतका युरोपेली मुलुकमा भ्रमण गरेकाले भ्रमणलाई महत्वकासाथ हेरिएको थियो। तर अपेक्षाअनुसार प्रधानमन्त्रीको भ्रमणका क्रममा न त महत्वपूर्ण सन्धिसम्झौता हुन सके न महत्वपूर्ण भेट नै। प्रधानमन्त्री ओलीले निकै महत्वपूर्ण मानिएको बेलायती महारानीसँगसमेत भेट गर्न पाएनन्।

बेलायतले प्रधानमन्त्रीले अघी सारेको त्रिपक्षिय सम्झौता पुनरावलोकनको विषयालई पनि महत्व दिएन। प्रधानमन्त्री स्वदेश फर्किने क्रममा तयार पारिएको प्रेस नोटले पनि उनको भ्रमण कूटनीतिक सम्बन्ध विस्तारमा भन्दा पनि विभिन्न ठाउँको भ्रमण, अवलोकन र खुद्रा सम्बोधनमा बढी केन्द्रित भएको देखाउँछ। मुलुकका कार्यकारी प्रमुखको महŒवपूर्ण भनिएको भ्रमणबाट कुटनीतिक क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल हुन सकेन्।

प्रधानमन्त्री ओलीको साताव्यापी भ्रमण फलदायी नभएको र कुटनीतिक सम्बन्ध विस्तारमा पनि खासै अर्थपूर्ण नभएको भन्दै उनको आलोचना समेत भइरहेको छ। प्रधानमन्त्री ओलीले भने स्वदेश फर्किने क्रममा आफ्नो भ्रमण फलदायी भएको दाबी गरे। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारमाझ बोल्ने क्रममा प्रधानमन्त्री ओलीले आफ्नो भ्रमणभन्दा मुलुकभित्र विद्यमान समस्याका बारेमा बोलेका थिए। उनले गुठी विधेयक र त्यसमा प्रतिपक्षिको भूमिकाबारे लामो समय खर्चिएका थिए।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

स्विजरल्याण्डको जेनेभास्थित अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजना गरिएको विशेष सम्मेलनलाई सम्बोधन गर्न जेठ २५ गते त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री ओलीले कार्यक्रममा सम्बोधन गरेपछि बेलायत प्रस्थान गरेका थिए। तीन दिने बेलायत भ्रमण सकेर उनी फ्रान्स पुगेका थिए। प्रधानमन्त्री ओलीले बेलायतमा रहँदा अक्सफोर्ड विश्वविद्यालयस्थित अक्सफोर्ड यूनियनको कार्यक्रममा सम्बोधन गरेका थिए। बेलायमा रहँदा उनले कामचलाउ प्रधानमन्त्री भइसकेकी बेलायती समकक्षी तेरेसा मेसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। त्यसक्रममा औपचारिक भेटवार्ता र छलफल भए पनि कुनै महत्वपूर्ण सममति वा सम्झौता हुन सकेन।

Dirghayu Ads

बेलायतमा रहँदा उनले राजनीतिकज्ञ तथा व्यापारीहरूको कार्यक्रमलाई पनि सम्बोधन गरेका थिए। उनले ब्रिज अफ गोर्खा हेडक्वार्टरको पनि अवलोकन गरेका थिए। फ्रान्स भ्रमणमा रहँदा पनि उनको भ्रमण कार्यक्रमको सम्बोधन र अवलोकनमै केन्द्रित रह्यो। प्रधानमन्त्री ओलीले जेठ ३० मा फ्रान्सेली समकक्षी इदोआर्ड फिलिपसँग द्विपक्षीय भेट त गरे तर दुईपक्षीय भेटमा कुनै सहमति वा सम्झौता भएनन्। प्रधानमन्त्री ओलीले पेरिसमा हुँदा संग्रालय तथा केवलकार भ्रमण भने गर्न भ्याए। फ्रान्सबाट जेनेभा फर्किएका उनले त्यहाँ पनि विज्ञानसम्बन्धी युरोपेली अनुसन्धान केन्द्रको अवलोकन भ्रमण गरेका थिए।
-नागरिक दैनिकबाट

#युरोप_भ्रमण #उपलब्धि #केपी_शर्मा_ओली

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.