सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सुदूरपश्चिम बजेटः “एक स्थानीय तह एक औद्योगिक उत्पादन” कार्याक्रम सञ्चालन गरिने

मदन गिरी
महेन्द्रनगर १ असार ।
सुदूरपश्चिम सरकारले आगामी आर्थिक बर्ष २०७६\०७७ का लागि २८ अर्ब १६ करोडको बजेट ल्याएको छ ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश सभामा २८ अर्व १६ करोड २० लाख ३५ हजार बराबरको बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ १२ अर्ब ५७ करोड २६ लाख र पुँजीगततर्फ १३ अर्ब ६ करोड ७१ लाख ९९ हजार बजेट विजियोजन गरिएको छ ।

आगामी आर्थीक वर्षको बजेटमा सुदूरपश्चि सरकारले प्रदेशका अर्थतन्त्रमा नेतृत्वदायि भुमिका निर्वाह गर्ने जनाएको छ । उक्त योजना अन्र्तगत प्रदेश सरकारले एक स्थानीय तह एक औद्योगिक उत्पादनलाई प्राथिकताका साथ अगाढी बढाउने भएको छ ।

Sana Kishan

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले औद्योगिव विकासलाई प्राथमीकतामा राखेको बताए । उनले प्रदेशको कृर्षी प्रणाली र स्थानीय स्रोत साधनलाई उद्योगसँग सँगै जोड्दै अर्थतन्त्रलाई आधुनिकिरण गर्न प्रदेश सरकारले उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।
उद्योग प्रशासन सुधार, आवश्यक प्राविधिक सहयोगका लागि दुई करोड २५ लाख बजेट बिनियोजन गरिएको छ ।

World Link Ads
Mahakali Polytechnic

त्यस्तै सबै स्थानीय तहमा रहेका घलु तथा घरेलु उद्योग सञ्चालनका लागि सात करोड बजेट नियोजन गरिएको बेजट व्यत्तव्यमा उल्लेख छ । साथै खाद्य तथा उपभोग्य सामाग्रीको सहज आपुर्ती लागि सुपथ सबै स्थानीय तहमा सुपथ पसल सञ्चालन गर्न सात करोड ९२ लाख बजेट विनियोजन गरिएको छ । सार्वजनिक निजि साझेदारिमा जडिबुटी विकास तथा प्रशोधन कम्पनी स्थापना तथा सञ्चालनका लागि १० करोड बजेट विनियोजन गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.