सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नुवाकोटमा देउवालाई डा. महत र केसीको बहिस्कार

नुवाकोट : नुवाकोटका दुवै निर्वाचन क्षेत्रलाई समेटेर लिखु गाउँपालिकास्थित चौघडामा शनिबार आयोजित नेपाली कांग्रेसको भेलामा विवादित बन्यो । तीन दशकदेखि नुवाकोटलाई नै आधार बनाएर राजनीति गर्दै आएका कांग्रेसका दुई हस्तीले भेला बहिस्कार गरे।

नुवाकोटबाटै चुनाव जितेर पटक–पटक सांसद र मन्त्री बनेका अर्जुननरसिंह केसी र डा. रामशरण महत कार्यक्रममा सहभागी भएनन् । उनीहरूले कार्यक्रम आयोजनाप्रति असहमति जनाउँदै बहिस्कार गरेको कार्यकर्ताले जानकारी दिएका छन् । देउवानिकट सहमहामन्त्री डा. प्रकाशरण महतको निर्देशनमा कार्यक्रम गरिएकाले केसी र महतले बहिस्कार गरेको कांग्रेस संस्थापन पक्षको भनाइ छ ।

पार्टीको विधान विपरित भनिएको सम्मेलन एकै ठाउँमा गर्न लागिएको भन्दै नुवाकोट कांग्रेसका संस्थापन पक्षले असन्तुष्टि व्यक्त गरेको थियो । जिल्लाका दुई प्रभावशाली नेतासँग समन्वय नगरी भेला आयोजना गरिएको संस्थापन पक्षको आरोप छ । प्रचारका लागि तयार गरिएको सामग्रीमा देउवा, गच्छदार र प्रकाश शरण महतको फोटो राखिएको छ भने केसी र रामशरण महतको फोटो राखिएको छैन।

World Link Ads
Mahakali Polytechnic

कार्यक्रममा सहभागी जिल्ला सभापति जगदीश्वरनरसिंह केसी र महासमिति सदस्य रमेशकुमार महतले कांग्रेस मुहानवाटै सुध्रिनु पर्ने र त्यसपछि सफा पानी कार्यकर्तामाझ वितरण गरिनु पर्ने धारणा राखेका छन्।

Dirghayu Ads

अन्तर्विरोध अन्त्य भए कांग्रेस पहिलो दल : देउवा

Sana Kishan

भेला कांग्रेस पहिलो दल वन्नका लागि सबै किसिमका अन्तर्विरोधको अन्त्य हुन आवश्य रहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताएका छन्। नुवाकोटको लिखु गाउँपालिकाको चौघडामा शनिबार आयोजित भेलाको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवाले अब पार्टीलाई एक ढिक्का बनाएर लैजाने र यसका लागि केन्द्रदेखि स्थानीय तहसम्म सुदृढीकरण जरुरी रहेको जानकारी दिए।

आफ्ना नेता तथा कार्यकर्तालाई सच्चिएर जनताकामाझ जान सुझाब दिँदै उनले एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति सदाका लागि अन्त्य गरे कांग्रेस आगामी निर्वाचनमा पहिलो दल हुने दाबी गरे।

सरकारले एकपछि अर्को विधेयक ल्याएर जनतालाई समस्या हुने काम मात्रै गरेको भन्दै उनले आफू खुसी निर्णय गर्न छाडेर जनताको पक्षमा काम गर्न सुझाव दिए । उनले सरकारले ल्याएको गुठी विधेयक र मिडिया काउन्सिल विधेयक संसदबाट कुनैपनि हालतमा पास हुन नदिने चेतावनी दिए।

वुढीगण्डकी जलविद्युत आयोजनाको काम नेपालले गर्नुपर्ने पक्षमा आफू रहेको र विदेशीलाई दिएर गलत काम गरेको देउवाले आरोप लगाए । अनियमितता, हत्या, हिंसा, बलात्कार घटनाका दोषीलाई सरकारले कारवाही गर्न नसेको उनको उनले बताए।

सोही भेलालाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले दुई तिहाईको दम्भमा रहेका कारण वर्तमान सरकार प्रेस तथा स्वतन्त्र संस्थाहरूको अधिकारलाई खोस्ने पक्षमा क्रियाशील भएको आरोप लगाए ।

कांग्रेस सहमहामन्त्रि डा. प्रकाशशरण महतले सरकारले जनताको भन्दा पनि आफ्नो हितमा मात्रै केन्द्रीत भएको आरोप लगाए । मुलुकमा देखिएका असमानता, दण्डहीनता, भ्रष्टाचारले नेपाललाई पछि धकेल्दै लगेको महतले बताए। -अन्नपूर्ण पाेष्ट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.