सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढीमा प्रधानमन्त्री रोजगार कार्यक्रम: धनगढिमा नालि सफाई र वृक्षारोपण गरिदै

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तगत यसवर्ष बेरोजगारलाई ३० दिनको रोजगारी दिने भन्दै एक करोड बजेट पाएको धनगढी उपमहानगरपालिकाले छनौट भएका आवेदनकर्तालाई काम बाँडफाड गर्न ढिलाई गरेको छ। आर्थिक वर्ष सकिन ३२ दिन मात्र बाँकी रहेका बेला उपमहानगरपालिकाले संकलित भएका आवेदनबाट छ सय जना छनौट गरेको छ भने कामको बाँडफाड अझै गर्न सकेको छैन्। तर केही वडाहरुले छनौट भएकाहरुलाई काममा लगाएका छन्।

तर वेरोजगारलाई स्थानीय स्तरमै रोजगारी दिने उद्देश्यले लागु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा कार्यगत सीप र दक्षताको वेवास्ता गरिएको छ। धनगढी उप–महानगरपालिकाले कार्यगत सीप र दक्षताको वेवास्ता गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिएकाहरुलाई छनौट गरेको आरोप लागेको हो। तर व्यक्तिको कार्यगत सीप र दक्षताको वेवास्ता गरी छनौट भएका सबैलाई नाली सफाई गर्ने, वृक्षा रोपण गर्ने तथा खानेपानीको पाईप लाईन विस्तारको काममा लगाईएको छ।

धनगढी उपमहानगरपालिकाका रोजगार संयोजक चन्द्र बहादुर महराले उपमहानगरपालिकाको वडा नम्बर २, ५, १८ र १९ ले करिब दुई सय जनालाई काममा लगाएको जानकारी दिए। उनका अनुसार वडा नम्बर २ र ५ को कार्यालयले आवेदन दिएकाहरुलाई नाली सफाईको काम दिएको छ भने वडा नम्बर १८ ले पाईप लाईन विछाउने तथा १९ ले वृक्षारापणमा उनीहरुलाई खटाएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अन्य वडाहरुले भने काम बाडफाड गर्न पनि ढिलाई गरेका छन्। तर प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि आवेदन दिएकाहरुको कार्यगत सीप र दक्षताको ख्याल नगरी हचुवाको भरमा छनौट गरिएकाले उलब्धीपूर्ण काममा लगाउन वडा कार्यालयलाई कठिन भएको बताईएको छ।

Dirghayu Ads

अर्कोतीर आर्थिक वर्ष सकिने बेला संघिय सरकारले बजेट पठाएपछि उपलब्धीमुलक काम दिन कठिनाई भएको दावी गरिएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत छनौट भएकाहरुलाई खानेपानीको पाईप लाईन विछ्याउने काम दिएको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष मुरारी अधिकारीले वडाको तत्कालको आवश्यकता हेरेर कार्य विभाजन गरिएको बताए।

तर धनगढीकै कतिपय वडाहरुमा भने रोजगारका लागि आवेदन दिएकाहरु कामका लागि नआउँदा समस्या भएको बताईएको छ। यस्तो अवस्थामा निकटका व्यक्तिलाई पोस्ने स्थिती आउने भएकाले बजेटको दुरुपयोग हुने पनि आशंका गरिएको छ भने युवाहरुमा काम गर्ने इच्छा शक्ति नहुँदा समस्या भएको छ।

तर प्रधानमन्त्री रोजगार कार्यक्रम धनगढीका संयोजक महराले भने यसवर्ष अल्पकालीन योजना भएका कारण व्यक्तिको सीप र दक्षताका आधारमा कार्य विभाजन गर्न नसकिएको जनाए। उनले आउँदो वर्षदेखि ती मापदण्डका आधारमा आवेदनकर्ता छनौट गरिने बताए। -दिनेश खबरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.