सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बडीमालिकाको संरक्षण नेपाली सेनाले गर्ने

बाजुरा : धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाको संरक्षण नेपाली सेना र पुरातत्व विभागले गर्ने भएको छ। ४ हजार ३ सय मिटर उचाईमा रहेको यो धाम नेपालका चार धाममध्ये एक मानिन्छ।

पुरातत्व विभाग र नेपाली सेनाले बहुवर्षीय योजना अन्तर्गत बडीमालिका क्षेत्रको संरक्षणसँगै मन्दिरलगायत पर्यटक बस्ने स्थल, खानेपानीको व्यवस्था गर्ने पुरातत्व विभागका प्रमुख दामोदर गौतमले बताए।

बिहिवार नेपाली सेना, पुरातत्व विभाग र प्राविधिकसहितको टोली हेलिकप्टर मार्फत बडीमालिका पुगेर स्थलगत अध्ययन गरेको हो। पहिलो चरणमा ३ करोड भन्दा बढी लगानीमा मन्दिर, सतल पाटि, खानेपानी लगायत अन्य व्यवस्थापन गर्नेछ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सेना र पुरातत्व विभागको टोली बडीमालिका पुगेर स्थलगत अध्ययन गर्दै।

Dirghayu Ads

बडीमालिका निकै उचाईमा भएकाले बैशाख देखि भाद्र महिनासम्म मात्र काम गर्न सकिने सेनाको समरजित गुल्म बाजुराका गुल्मपति प्रल्हाद घलले बताए। पुरानो मन्दिरलाई पुनर्निर्माण गर्ने र नयाँ संरचनाका मन्दिर निर्माण हुने छन्।

जेठमा पर्ने गंगा दशराका दिनमा सरकारी पुजा हुने गरेको छ। त्यो दिन हेल्किप्टरमा गएर पुजा गरिन्छ। मेला भने जनैपुर्णिमाको दिनमा लाग्ने गर्छ। स्वदेश र विदेशबाट दर्शनार्थी आउँछन्। अछाम, बाजुरा र कालिकोट भएर त्यहाँसम्म पुग्न सकिन्छ। बडीमालिका माईको दर्शन गर्नाले मनोकान्क्षा पुरा हुने जनविश्वास रहेको कैलाशमान्डौंका दीर्घराज जोशीले जानकारी दिए।

जैविक विविधता, वन्यजन्तु, जडिबुटी, तथा वातावरणीय दृष्टिकोणले पनि यस क्षेत्रको विशेष महत्व रहेको पुजारी भानुभक्त पाध्यायले बताए। २२ पाटन, त्रिबेणी, नाटेश्वरी धामका धरोहरका रुपमा परिचित रहेका छन्। -annapurna post

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.