सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

फ्रान्समा प्रधानमन्त्री अाेली एक घण्टा केबलकारमा अड्किए

फ्रान्स — नेपाल जस्तै भौगोलिक बनावट रहेको फ्रान्सको सामोनी क्षेत्र घुम्न गएका प्रधानमन्त्री केपी शर्मा ओली झण्डै एक घण्टा केबलकारमा अड्किएका छन् ।

युरोपको सबैभन्दा अग्लो हिमाल मो ब्लँ (४८१० मिटर) हेर्न र त्यहाँको स्की तथा उच्च हिमाली क्षेत्रको पर्वतारोहणको तालिम दिने इन्स्टिच्युटको अवलोकन गर्न जाँदा केबलकारमा अड्केका हुन्। फ्रान्सेली स्थानीय पत्रिका ल दोफिनले उल्लेख गरे अनुसार २५०० मिटरको उचाइमा पुगेपछि केबलकार अड्केको थियो।

प्रधानमन्त्रीसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, २०१८ कीमिस नेपाल श्रृङ्खला खतिवडा, मोब्लँ कम्पनीका प्रमुख सन्ञ्चालक अधिकृत माथ्यु देशाभान, ओत साभ्वा क्षेत्रका डेपुटी साभिय रोसेरेन, सामोनी नगरप्रमुख एरिक फुर्नियलगायत त्यस क्षेत्रका ब्यापारी, नगरपालिकाका अन्य अधिकारीहरुपनि सँगै थिए।

World Link Ads
Mahakali Polytechnic

प्रधानमन्त्रीको टोली केबलकारमा अड्किएपछि मौसम खराब बनेको थियो। खराब मौसमका कारण केवलकार बन्द गर्नुपर्ने संकेत प्राविधिकहरुले दिएपछि प्रधानमन्त्रीको टोलीले त्यँही छलफल गरेर समय कटाएको थियो। प्रधानमन्त्रीको टोलीसँगै करिब ४० जना केबलकारमा अड्किएका थिए। केबलकारमा अड्किएपछि प्रधनामन्त्रीको जेनेभा फर्किने कार्यक्रम ढिलो भएको थियो।

Dirghayu Ads
Sana Kishan

सामोनीका नगरप्रमुख एरिक फुर्नियले प्रधानान्त्रीको सम्मानमा स्वागत कार्यक्रम राखेका थिए। नेपाल र फ्रान्सको कुटनीतिक सम्बन्धको ७० औं वर्षगाँठको उपलक्ष्यमा नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पाउँदा गौरब महशुस गरेको बताए।

उनले सामोनी र नेपालको भौगोलिक मात्रै नभएर, प्राक्रितिक, सामाजिक र नागरिकको सोचाइमा पनि समानता रहेको उल्लेख गरे। सामोनीमा बिभिन्न समयमा आएका ३० देखि ४० नेपालीले स्थायी बसोबास गरेकाले तिनलाई स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले नेपाल र फ्रान्सको आत्मीय सम्बन्धलाई अझै बढाउनुपर्ने उल्लेख गरे।

प्रधानमन्त्री ओलीले पनि विगतका भनाईहरुमा झैं दुई देशको सम्बन्ध बढाउनु पर्ने र आर्थिक लगानीका लागि अब नेपाललाई सहयोग गर्नुपर्ने उल्लेख गरे। नेपालमा शान्ति, सुब्यवस्था, संविधान र स्थायी सरकार भएकाले लगानीको वातावरण बनेको भन्दै फ्रान्सेलीहरुलाई लगानी गर्न आव्हान गरेका हुन्।

हिमाली क्षेत्रका वस्तुहरु, खेलकुदका उपकरण, उच्च हिमाली भागमा जाँदा प्रयोग गरिने कपडा, जुता, ज्याकेटलगायतका वस्तु उत्पादन गर्न नेपालमा लगानी आव्हान गरेको सामोनीका गाईड फुर्वा लामाले कान्तिपुरलाई बताए।

प्रधानमन्त्रीले त्यहाँको हिम चिप्लेटी (स्की) र उच्च हिमाली क्षेत्रका गाईडहरुलाई प्रशिक्षण दिने केन्द्रको पनि अवलोकन गरेका छन्।-कान्तिपुरबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.