सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आलापालाेकाे मुद्दा : किन विदेशकै साइत छाेप्छन् प्रचण्ड

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली साताव्यापी युरोप भ्रमणमा छन्। ओली युरोप भ्रमण रहेकै बेला नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चितवन पुगेर फेरि मुख खोले, ‘सरकार सञ्चालन आलोपालो नै गर्ने हो।’

ओली र आफूबीच पालैपालो सरकारको नेतृत्व गर्ने सहमति भएको सन्देश जनतामाझ पुर्‍याउन चाहन्छन् दाहाल । ओलीले करिब १६ महिना सरकारको नेतृत्व सम्हालिसकेका छन्।

प्रधानमन्त्री विदेशमा भएका बेला दाहालको यस्ता अभिव्यक्ति पहिलोपटक आएको होइन। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकाल सपथग्रहण समारोहमा भाग लिन जेठ १६ मा ओली नयाँदिल्ली हिँडेलगत्तै दाहालको यस्तै टिप्पणी आएको थियो, जसले राजनीतिक वृत्तमा तरंग ल्यायो।

World Link Ads
Mahakali Polytechnic

दाहालले भनेका थिए, ‘सरकार सञ्चालन आलोपालो गर्ने सहमति भएकै हो, प्रधानमन्त्रीले सहमति पालना गर्नुहुनेमा विश्वस्त छु।’

Dirghayu Ads

नेपाल फर्किएपछि दाहालको बैचैनीप्रति प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा जवाफ दिए, ‘अब सरकार दुई–चार दिनमै ढल्छ।’ त्यसपछि दाहाल–ओली ‘वान टु वान’ भेटपछि दाहाल मत्थर भए । त्यसलाई पुरानो प्रसंग र मिडियाले उचालेको भन्दै ‘टोन’ डाउन गरे।

गत माघमा प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको डाभोसमा आयोजित ‘वल्र्ड इकोनोमिक फोरम’मा भाग लिन जाँदा दाहालले यस्तै अभिव्यक्ति दिएका थिए। धेरैले त्यसबेला ओली सरकारको भविष्यमाथि नै टिप्पणी गरे। तर, ओलीले उतैबाट झटारो हाने, ‘कसैले चाहँदैमा सरकार ढल्दैन, यो सरकार पाँच वर्षका लागि हो।’

प्रधानमन्त्री ओली विदेशमा भएका बेला मात्र होइन, ओली स्वदेश र दाहाल विदेशमा रहेका बेला पनि नेकपाका अध्यक्षद्वयबीच जुहारी चलेको देखिन्छ । गत भदौमा दाहाल मोदीको विशेष निमन्त्रणामा भारत भ्रमणमा थिए । दि प्रिन्ट अनलाइनलाई भिडियो अन्तरवार्ता दिँदै दाहालले आफू नेपालको भावी प्रधानमन्त्री भएको बताएका थिए।

द प्रिन्टः तपाई र प्रधानमन्त्री ओलीबीच प्रधानमन्त्री पद पालैपालो सञ्चालन गर्ने भन्ने विषयमा केही सहमति भएको सत्य हो?

Sana Kishan

दाहालः हो, यो सत्य हो। कुनै समझदारीबिना दुई पार्टीबीचको एकीकरण कसरी सम्भव हुन सक्छ त?

द प्रिन्टः त्यसो भए के म नेपालको भावी (ओलीपछिको) प्रधानमन्त्रीसँग बोल्दैछु?

दाहालः तपाईं त्यसरी सोच्न सक्नुहुन्छ तर अहिलेको मुद्दा भने त्यो होइन।

यसले जब–जब ओली र दाहालमध्ये कोही विदेशमा हुन्छन्, दाहालले आफू भावी प्रधानमन्त्री हुने भनी ओलीसँग भएको सहमतिबारे मुख खोल्ने गरेका छन्। शायद, यसका पछाडि दुईवटा मनोदशाले काम गरेको हुनुपर्छ।

एक, उनलाई प्रधानमन्त्री ओली राजनीतिक समझदारीमा इमानदार पात्र होइनन् भन्ने गहिरोसँग छाप परेको हुनुपर्छ। किनकि, यसअघि भारतीय नाकाबन्दीपछि ओली नेतृत्वमा गठित तत्कालीन एमाले र एमाओवादीको संयुक्त सरकारमा पनि ओली र दाहालबीच पालैसँग प्रधानमन्त्री बन्ने सहमति भएको थियो। ओली इमानदार नभएको भन्दै नौ महिना नपुग्दै एमाओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै दाहालले कांग्रेससँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गरेका थिए।

दोस्रो, उनले पटक–पटक उही कुरा दोहोर्‍याउनुमा पार्टी एकीकरणताका जे सहमति भए पनि एमालेको ठूलो पंक्ति र विशेषतः संस्थापन पक्ष उनलाई अर्को प्रधानमन्त्रीका रुपमा स्वीकार्न मनैदेखि तयार देखिँदैन। उपप्रधानमन्त्री ईश्वर पोखरेलका विभिन्न समयका अभिव्यक्तिले पनि यसको संकेत गर्छ। उनले यो सरकार पाँच वर्षका लागि चुनिएको भन्दै दाहालको अभिव्यक्तिलाई राजनीतिक महत्वाकांक्षाका रूपमा अ थ्र्याउने प्रयास गर्दै आएका छन्।

‘अहिले प्रचण्डलाई प्रधानमन्त्री बनाउने समय होइन,’ गत फागुनमा एक टेलिभिजन अन्तर्वार्तामा उपप्रधानमन्त्री पोखरेलले भनेका थिए,‘अबको पाँच वर्ष आलोपालो प्रधानमन्त्री बन्ने समय होइन।’ उनले कुन समय के बोल्ने भनेर पनि नेताहरूले हेक्का राख्नुपर्ने औंल्याएका थिए। यस्तै अभिव्यक्ति उनले हालै पनि दिएका छन्।

यतिसम्म कि केही दिनअघि पोखेरेलले पार्टी र सरकारको नेतृत्व एउटै हुनुपर्छ भन्दै जे तर्कमा टेकेर दाहालले सत्ता मागिरहेका छन्, त्यसकै मर्ममा जवाफ दिइसकेका छन्। पोखरेल ओलीकै सल्लाहमा निरन्तर रूपमा दाहाललाई सत्ता नदिने विषयको संकेत गरिरहेको बुझाइ दाहाल पक्षीय नेताहरूको छ।

दाहालले अहिल्यै प्रधानमन्त्रीका लागि आतुरी गरिहालेका होइनन् तर, प्रधानमन्त्री भएको अढाई वर्ष पुगेपछि ओलीले विगतजस्तो नगरी इमानदारीसाथ आफूलाई प्रधानमन्त्री बन्न मार्गप्रशस्त गरून् भन्ने सार्वजनिक प्रतिबद्घता चाहन्छन्। र, त्यसैको जग बसाउन दाहालले बारम्बार यस्ता अभिव्यक्ति दिँदै आएका छन्।
– नेपाल न्युज अनलाइनबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.