सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दार्चुलाकाेे स्याउले बजार नपाउंदा बारिमैै कुहिदैँ

बजार नपाउंदा दार्चुला व्यांस गाउंपालिका वडा नम्बर १ छाँगरुका स्थानीय जीत सिंह बोहराले लगाएका स्याउ बारीमै कुहिन थालेका छन। विगत १५। १६ वर्ष देखि स्याउखेती गर्दै आएका बोहराको स्याउले बजार नपाउंदा घरमै कुहिन थालेका हुन।

बोहराले विसं २०६० देखि स्याउखेती गर्दै आएका छन्। छाँगरुमा उत्पादित स्याउ बिक्रि गर्न बजार नपाएर बारीमै कुहिने गरेको छ। नजिक बजार नभएको र गाउँबाट बजारसम्म पु¥याउने बाटो नहुँदा उत्पादित स्याउ घरबारीमै कुहिने गरेको उनले बताए। उनले भने, नेपालतिर बाटोघाटो छैन, भारतीय बजार पु¥याउन पनि बढी ढुवानीमै खर्च हुन्छ। भारतीय सेना, एसएसबीले मात्रै स्याउ खरीद गर्ने गरेको उनी बताउंछन। यो वर्ष झण्डै ३० क्विन्टल बढी स्याउ फलेकोे २० क्विन्टल स्याउ भारतीय सुरक्षाकर्मीलाई बिक्री गरको बताए। बाँकी १० क्विन्टल जती स्याउ घरबारीमै कुहिएको उनले बताए।

स्याउ उत्पादनका लागि सबैभन्दा राम्रो माटो र हावापानी भएकाले राम्रो फल्ने भए पनि बजार अभावले नोक्सानी व्यहोर्नुपरेको उनको भनाइ छ। उनले भने स्याउ गाउँमै प्रतिकिलो ८० भारुमा बिक्री हुने गरेको छ, बाँकी १० क्विन्टल स्याउ बिक्री गर्न नसक्दा रु १० लाख बढी घाटा भयो।” उनले भने, विसं २०६० मा भारतकोे हिमालञ्चल प्रदेशबाट २५० बोट ल्याएर स्याउखेती शुरु गरेको हुँ, बारीमा अहिले झण्डै एक हजार बढी स्याउका बिरुवा झण्डै पाँच रोपनी बढीमा रोपेको छुं।

व्यक्तिगत लगानीमा मात्रै स्याउखेती गरेको र अहिलेसम्म कसैबाट अनुदान सहयोगसमेत नपाएको उनले गुनासो गरे। स्याउमा मलदेखि पाइपसम्म सबै आफैँले खरीद गरेको उनले बताए। सदरमुकामदेखि सबैभन्दा टाढाको दूरीमा रहेको व्यासमा व्यावसायिक स्याउखेतीको सम्भावना राम्रो भए पनि भौगोलिक विकटले समस्या रहेको अर्का स्थानीय सुधा बोहराले बताए। यस क्षेत्रमा अपिनाम्पा संरक्षण, स्याउ जोन कार्यक्रम र व्यक्तिगतरूपमा स्याउखेती शुरु गरिएको छ। तर, बजार अभावमा यहाँका किसान स्याउ कहाँ बिक्री गर्ने भन्ने चिन्तामा छन्।

Mahakali Polytechnic

उत्पादित स्याउलाई भण्डारण गर्नका लागि चिस्यान केन्द्र (शीत भण्डार) आवश्यक रहेको उनको भनाइ छ। यहाँका बासिन्दा भारतीय बाटो प्रयोग गरी सदरमुकामबाट व्यास जान्छन। स्थानीयस्तरमा उत्पादित वस्तु भारतीय बाटो प्रयोग गरी नेपाली बजारमा पु¥याउन सकिने अवस्था छैन। बोहोराको भनाइ छ, “भण्डारण गर्न उपयुक्त साधन नहुँदा हरेक वर्ष उत्पादित स्याउले ठूलो नोक्सानी व्यवहोर्नुपरेको छ।”

World Link Ads

सरकारले व्यास पुग्न नेपालको बाटो निर्माणमा ध्यान नदिँदा व्यासमा उत्पादन भएको जैविक स्याउ बारीमै कुहिने गरेको किसानको दुखेसो छ। दार्चुला–तिङ्कर सडक निर्माण होला र व्यासमा उत्पादन हुने स्याउ दार्चुला हुँदै काठमाडौं लैजाउँला भन्ने व्यासीहरूको सपना पूरा हुने छाँटकाँट भने अझै छैन। “सरकारले यस क्षेत्रमा सडक नभए पनि बाटो राम्रोसँग बनाइदिए हाम्रो उत्पादनले बजार पाउँथ्यो”, बोहराले भने। यहाँ हरेक प्रकारका फलफूल पाइन्छन्। चीन निकासी गर्नका लागि समस्या छ। भारतमा पनि भर्खर सडकको ट्र्याक खोल्ने काम भइरहेको छ। एकतिर पनि सडक पहुँच पुग्दा आम्दानी हुन्छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds