सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतीय वायु सेनाको दुर्घटनाग्रस्त जहाज भेटियो : १३ जनाको मृत्यु

भारतीय वायु सेनाले अरुणाञ्चल प्रदेशमा दुर्घटनाग्रस्त एएन–३२ विमानमा सवार १३ मृत्यु भएको छ। अरुणाञ्चल प्रदेशको पहाडी भेगमा उद्धारकर्मीको एउटा टोलीले दुर्घटनाग्रस्त विमानको अवशेष फेला पारेपछि विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरेको छ।

Sana Kishan

रुसमा बनेको एएन–३२ विमान गएको जून ३ मा असमको जोरहाटबाट चीनको सीमानजिकै रहेको मेचुका उपत्यकाका लागि उडेको थियो। उडान भरेको आधा घण्टामै राडारसँग विमानको सम्पर्क टुटेको थियो। भारतीय वायु सेनाका अधिकारीका अनुसार बुधबार उद्धारकर्मीको १५ जनाको टोली दुर्घटनाग्रस्त क्षेत्रमा पठाइएको थियो। बिहीबार आठ जना उद्धारकर्मी दुर्घटनाग्रस्त क्षेत्रमा पुगेका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.