सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नेपाल र युएईबीच श्रम समझदारी

काठमाडौं : नेपाल र युएईबीच श्रम समझदारीपत्रमा हस्ताक्षर भएको छ। स्विट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकीका अवसरमा श्रम समmभदारीमा हस्ताक्षर भएको हो।

Sana Kishan

नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधन मन्त्री नासेर थानी अल हम्लीले सो समझदारीपत्रमा हस्ताक्षर गरे।

कामदारको छनौट, भर्नाका सन्दर्भमा लाग्ने सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको छ। कुनै पनि कामदारलाई ज्याला, ओभरटाइम भत्ता, कार्य वातारण र न्यायमा पहुँच जस्ता विषयमा विभेद गर्न नपाइने र सबै विदेशी श्रमिकलाई समान व्यवहार हुनुपर्ने समझदारीमा उल्लेख छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.