सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री रोजगार कार्यक्रम : गाईगोरु लखेट्ने र झार उखेल्ने काम गर्दै ज्याला बुझ्दै

दाङ) — बेरोजगारलाई लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिएका धेरैलाई कामकै समस्या भएको छ । आर्थिक वर्ष सकिनै लाग्दा करोडौं रकम आएपछि स्थानीय तहलाई हतारमा बजेट सक्नुपर्ने बाध्यता छ । रोजगारका लागि फारम भरेकालाई काम लगाएर मात्रै रकम दिनुपर्ने भएकाले तत्काल उपलब्धिमूलक काम दिन कठिन भएको हो ।

अधिकांश पालिकाले बजार सरसफाई गर्ने, बजारका झार उखेल्ने, बगैंचाका फूल गोडमेल गर्ने, बजारका छाडा गाईगोरु नियन्त्रण गर्ने, सडकमा ढुंगा, गिट्टी हाल्ने जस्ता काम दिएका छन् । छोटो समयमा विकास निर्माणका काममा लगाउन समस्या भएपछि तत्काल केही न केही काममा व्यस्त बनाउनुपर्ने बाध्यता स्थानीय तहलाई भएको हो । छोटो समयमा करोडौं बजेट खर्च गर्नुपर्ने भएकाले उक्त रकमको सदुपयोग हुनेमा धेरैलाई आशंका छ ।

संघीय सरकारले घोराही उपमहानगरपालिकामा एक महिनाका लागि एक करोड बजेट पठाएको छ । उक्त बजेटबाट ७० लाख कामदारको ज्याला, २५ लाख औजार खरिद, ४ लाख आयोजना सुपरभाईजर तथा व्यवस्थापन र एक लाख कन्टेन्जेन्सीमा खर्च गर्ने गरी बजेट बाँडफाँड भएको नगर प्रमुख नरुलाल चौधरीले बताए ।

World Link Ads
Mahakali Polytechnic

बिहीबार घोराहीमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गर्दै चौधरीले श्रमको सम्मान गर्ने सोंचको विकास हुन जरुरी रहेको बताए । ‘यहाँ श्रमलाई हेयको दृष्टिले हेरिन्छ । अब श्रमको सम्मान हुनुपर्छ,’ उनले भने, ‘श्रम गरेर स्वावलम्वी बन्न सक्नुपर्छ । काम गर्न लाज मान्नु हुँदैन । काम गरे अनुसारको पारिश्रमिक पाइन्छ ।’

Dirghayu Ads
Sana Kishan

उनले कुनै पनि काम सानो ठूलो नहुने भन्दै सरकारले ल्याएको अवसरलाई सदुपयोग गरी नगरको विकासका जुट्न युवालाई आग्रह गरे । ‘सडकमा निस्किएर काम गर्न लाज मान्ने र डराउने प्रवृत्तिकै कारण जीवनस्तर सुधार हुन सकेको छैन,’ उनले भने, ‘हामी आवश्यक कामहरु लगाउँछौं । जुनसुकै काम पनि गर्न तयार हुनुपर्छ ।’ इमान्दारीपूर्वक काम गरेमा रकमको दुरुपयोग नहुने उनले दाबी गरे ।

उपमहानगरले ४ सय ७५ जनालाई रोजगार दिने योजना बनाएको रोजगार संयोजक शरद पाण्डेले बताए । दैनिक ७ घण्टा काम गर्नुपर्ने र उपमहानगरले त्यसका लागि ३६ वटा विभिन्न योजना छनोट गरेको उनले जानकारी दिए । ‘४० हजारदेखि ५० लाखसम्मका योजनामा युवाहरु जोडिने छन्,’ उनले भने, ‘प्रत्येकले दैनिक ५ सय १७ रुपैयाँ ज्याला पाउने छन् ।’

तुलसीपुर उपमहानगरपालिकाले पनि एक महिनामा १ करोड रुपयाँ सक्नुपर्ने भएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा ११ हजारले फारम भरेकोमा अहिले ६ सयलाई काममा लगाइएको छ । हरेक वडामा खटाएर विभिन्न काममा सहभागी गराइने नगर प्रमुख घनश्याम पाण्डेले बताए । वडामा २३ योजना छनोट गरी युवालाई काममा लगाइएको उनले बताए । ‘नगरको विकासमा जनताको सहभागिता जोडिनु महत्वपूर्ण कदम हो,’ उनले भने, ‘एक महिनासम्म जनताको प्रत्यक्ष सहभागितामा विकासको काम हुन्छ । काम गरेबापत ज्याला पाइन्छ ।’ विभिन्न आवश्यक काममा लगाएर गाउँमै रोजगार दिने अभियान निकै प्रभावकारी हुने उनले बताए ।

यसैगरी बबई गाउँपालिकामा २४ लाख रकम आएको छ । यसबाट १ सय ४ जनालाई रोजगारी दिन थालिएको गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले बताए । ४ हजार २ सय ४६ जनाले फारम भरेकोमा विपन्न समुदायकालाई प्राथमिकता दिएर रोजगारमा सहभागी गराइएको उनले बताए । ‘सडक, विद्यालय र वडा कार्यालयको भवन निर्माणमा काम दिएका छौं,’ उनले भने, ‘गाउँघरमै काम पाएपछि विदेश जानेक्रम रोकिने आशा गरेका छौं । त्यत्तिकै पैसा बाँड्न सकिँदैन । काम गर्नेले नै कमाउने हो ।’ लगातार एक महिनाको कामको अनुगमन गरेर पारिश्रमिक दिइने भएकाले रकम दुरुपयोग हुन नपाउने उनले बताए ।

दाङको घोराहीमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत छनोट भएका श्रमिकहरु छाडा गाई नियन्त्रण गरेर गौशालातिर लैजाँदै ।-कान्तिपुर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.