सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

लोक सेवाको तयारी गरिरहेका विद्यार्थी सोध्छन् : १० लाख डिप्रेसनको शिकार भए कसले जिम्मा लिन्छ ?

काठमाण्डौ –लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिले रिपोर्टर्स क्लब नेपालमा शुक्रबार पत्रकार सम्मेलन गर्दै ८७ हजार विद्यार्थीको भविष्यमाथि खेलबाड गरिए कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

स्थानीय निकायमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले प्रकाशित गरेको विज्ञापन रोकिए १० लाख युवा डिप्रेसनको शिकार हुने भन्दै परीक्षाको तयारी गरिरहेका विद्यार्थीले बताएका छन् ।

लोक सेवा तयारी विद्यार्थी संघर्ष समितिका संयोजक मंगल थापाले राजनीतिक स्वार्थका लागि लाखौंको भविष्य बर्बाद पार्ने चलखेल विगतदेखि नै हुँदै आएकाले यसपटक चुप नलाग्ने बताउनुभयो ।

देशभरबाट आन्दोलन सुरु गरिने तयारी भइसकेकाले तत्काल विज्ञापन रोक्ने निर्देशन फिर्ता लिन उहाँले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘देशमा सधैँ युवाको भविष्यमाथि खेलबाड गरियो, अब असह्य भयो ।’ योग्यता र क्षमतालाई पन्छाएर चाटुकारहरुलाई भर्ना गर्ने नियतका साथ विज्ञापन रोक्न खोजिएकाले आम युवा विद्यार्थीहरु सडक संघर्षमा ओर्लन सक्ने अवस्था आउन लागेको थापाले बताउनुभयो ।

Mahakali Polytechnic

समितिका सहसंयोजक विजय लुइँटेलले करारमा कर्मचारी नियुक्ति गर्ने खेलमा रोकिएको लोकसेवाको विज्ञापनले देशमा दुरगामी असर पार्न सक्ने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता कदम युवाविरोधी हुन् ।’

World Link Ads

अभियन्ता पदमबहादुर खत्रीले आफूहरु समावेशी व्यवस्थाको विरोधी नभएको तर समावेशीको नाममा युवाको भविष्य अन्धकार बनाउन खोजिएको आरोप लगाउनुभयो । देशमा यस्तै अवस्था बनिरहे आन्दोलनको आँधीबेहरी आउने उहाँले चेतावनी दिनुभयो । -उज्यालो अनलाइन

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds