सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भारतले रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ प्रतिवेदन पठायाे

३१ जेठ, काठमाडौ । रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्ट भारतले नेपाल पठाएको छ । भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसिएल)ले तयार पारेको प्रारम्भिक रिपोर्ट परराष्ट्र मन्त्रालय हुँदै यातायात आइपुगेको रेल विभागका प्रवक्ता महानिर्देशक बलराम मिश्रले जानकारी दिए ।

उनले रिपोर्ट आएपछि त्यसबारे अध्ययन गरेर मात्रै विस्तृतमा भन्न सकिने बताए । यो रिपोर्ट करिब एक महिना परराष्ट्र मन्त्रालयले नै राखेर अध्ययन गरेको थियो । भौतिक पूर्वाधार मन्त्रालयले माग गरेपछि बिहीबार मात्रै भौतिक पूर्वाधार मन्त्रालयमा पठाइएको हो ।

स्थलगत अध्ययन गरेर फर्किएको भारतीय टोलीले रक्सौललाई काठमाडौंसँग जोड्न विभिन्न विकल्प प्रस्तुत गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

भारतीय कम्पनीले विभागसँग परामर्श गरेर नै रिपोर्ट तयार गरे पनि अन्तिम चरणमा कुन ‘एलाइग्नमेन्ट’का आधारमा रिपोर्ट तयार भयो भन्ने जानकारी नरहेको मिश्रले बताए ।

Dirghayu Ads

रिपोर्ट तयार गर्नुअघि दुई विकल्पमध्ये एक छनोट गर्न नेपाललाई सुझाव दिएको थियो । १९० किलोमिटर र १४० किलोमिटरको रेलमार्गमध्ये एक विकल्पमा यो रेलमार्ग तयार गर्न सकिने भन्दै भारतीय पक्षले एकलाई छनोट गर्न भनेको थियो । १४० किलोमिटरमा छोट्याएर निर्माण गर्दा भविष्यमा केही समस्या आउन सक्ने जानकारी भारतीय प्राविधिकले दिएका थिए ।

१९० मिलोमिटर र १४० किलोटिरमा बनेको रेलमार्गमा गुड्ने रेल लगभग एउटै समयमा काठमाडौं ओहोर-दोहोर गर्न सक्ने भरतीय पक्षको भनाइ थियो । नेपालले भने रेलमार्गको लम्बाई पनि छोटो हुनुपर्ने र प्राविधिक हिसावले लाभदायी पनि हुनुपर्ने बताएको थियो ।

नेपालले भविष्यमा मर्मत सम्भार र सञ्चालन गर्न सबभैन्दा सजिलो हुने विकल्पमा नै रेलमार्गको नक्सांकन गर्न भारतलाई भनेको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयका एक अधिकारी नेपालको सुझावअनसार नै प्रारम्भिक रिपोर्ट बनेको दावी गर्छन् । रक्सौलबाट निजगढ हुँदै काठमाडौं आउने रेलमार्गका विभिन्न खण्डमा सुरुङहरु हुनेछन् ।

Sana Kishan

‘भविष्यमा समस्या नआओस् भन्ने कुरालाई ध्यान दिएर रेलमार्गको प्रतिवेदन तयार गर्न सुझाएका थियौं । रिपोर्ट त्यसैअनुसार आएको छ,’मन्त्रालयका अधिकारी भन्छन्,’रिपोर्टलका निश्कर्ष केही समयपछि सार्वजनिक हुन्छ ।’

भारतले यो रलमार्गमा ब्रोडगेज लाइन राख्ने प्रस्ताव गरपनि नेपाली पक्षले विद्युतीय रेलमार्गका लागि स्टान्डर्ड गेज नै हुनुपर्ने माग गरेको थियो । तर, भारतले कुन गेज रहने गरी प्रारम्भिक अध्ययन गर्‍यो भन्नेबारे नेपाली अधिकारी अनभिज्ञ छन् ।

नेपाल र भारतबीच १५ भदौमा रक्सौल-काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्यनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
तर, त्यसअघि नै भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले गत वर्षको जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरु गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरु नेपाल आएका थिए ।

वीरगञ्जबाट आउने रेल चोभारसम्म ल्यााउने योजना छ । सरकारले त्यसअघि नै वीरगञ्ज काठमाडौं रेलमागर्गमा लागि अध्ययन प्रक्रिया अघि बढाइसकेको थियो । तर, भारतले नै आफ्नै खर्चमा अध्ययन गर्ने भएपछि विभागले अन्तिम चरणमा पुर्‍याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरेको थियो ।

रक्सौलबाट वीरगञ्ज, निजगढ र बाग्मती किनार हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने विश्वास छ ।

अब प्रराम्भिक सम्भाव्यता अध्ययनको रिपोर्टको अध्ययनपछि डीपीआर निर्माणका लागि छलफल सुरु हुनेछ । रक्सौलदेखि वीरगञ्जसम्म खण्डमा भने यसअघि नै रेलमार्ग बनिसकेको छ ।

तर, यो रेलमार्ग यात्रु ओसारपसारका लागि नभई कोलकाता हुँदै रक्सौल आएको मालसामान वीरगञ्जको ड्राइपोर्टसम्म ल्याउनका लागि प्रयोग भएको छ ।

नेपाल-भारत दुई देशका प्रधानमन्त्रीका वीचमा यो खण्डमा रेलमार्ग निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भइसकेको छ ।
-अनलाइन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.