सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामान छुटाइदिने भन्दै ‘बार्गेनिङ’ गर्ने प्रहरी हवल्दारसित तीन पक्राउ

सिरहा : सिरहा नगरपालिका ७ स्थित ट्राफिक चौकबाट भन्सार छलेर ल्याएको सामान छुटाइदिने 'बार्गेनिङ' गरिरहेको अवस्थामा डयुटीमा खटिएका प्रहरी हवल्दार अशोककुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ।

उनीसँगै प्रहरीले भारतीय बजार जयनगरबाट भन्सार छली गरी सामान ल्याइरहेका गोलबजार नगरपालिका ४ की रंजीता साह र विष्णपुर गाउँपालिका ३ का शिवशंकर साहलाई समेत पक्राउ गरिएको छ।

Sana Kishan

ज१ज ४०२ नम्बरको म्याजिक गाडीमा ३२ सय रुपैयाँ बराबरको साइकलका पार्ट्स लिएर साह‍द्वय भारतीय बजारबाट आइरहेको थिए। गाडीलाई रोकेर चेकजाँचको क्रममा प्रहरी हबलदार यादवले भन्सार छलेर सामान ल्याएको भन्दै गाडी चालक शिवशंकरसँग सय÷पचास रुपैयाँ दिए मात्रै सामान छाड्ने 'बार्गेनिङ' गरिरहेको समयममा प्रहरीले पक्राउ गरेको हो।

World Link Ads

जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी तथा डीएसपी अपिलराज बोहराका अनुसार पक्राउ परेका तीनमध्ये सामानसहित रंजितालाई भन्सार कार्यालय माडरमा बुझाइएको छ।

प्रहरी हबल्दार यादवलाई आन्तरिक कारवाही अगाडी बढाइएको उनले जानकारी गराए। गाडी चालक शिवशंकरलाई जिल्ला प्रशासन कार्यालयबाट पैसा लेनदेनमा बार्गेनिङ गरेको भन्दै सार्वजानिक अपराध मुद्दामा ४ दिनको म्याद थप गरी कारवाही चलाइएको डीएसपी बोहराले बताए। -अन्नपुर्ण

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close