सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एकीकरणमा भएको सहमति परिमार्जन हुनसक्छ : प्रचण्ड

सिन्धुपाल्चोक : पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरणका बेला दुई पार्टीको नेतृत्व बीच भएको सहमति परिमार्जन गरेर जान सकिने बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–६, मांखामा भूकम्पपछि पुर्ननिर्मित कुपकन्या माद्यामिक विद्यालयको भवन हस्तान्तरण तथा उद्घाटन समारोहमा आएका दाहालले सञ्चारकर्मीसँग कुरा गर्दै हिजोको सहमति जस्ताको तस्तै कार्यान्वयन हुनुपर्छ भन्ने बाध्यकारी नीति नभएको बताए ।

Sana Kishan

नयाँ सहमतिमा अघि बढ्न सकिने उनको धारणा थियो । केपी ओली र प्रचण्ड आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको भनिए पनि पछिल्लो समय आफू त्यो सहमतिबाट पछि हट्नसक्ने संकेत दिएका थिए । उनले भनेका छन्, ‘हिजोको सहमति जस्ताको तस्तै लागु हुनुपर्छ भन्ने छैन ।’

World Link Ads
Mahakali Polytechnic

साथै प्रचण्डले संसदमा पेस भएका विवादित विधेयकहरुको विषयमा पार्टी र संसदमा छलफल गरेर टुंगोमा पु¥याइने पनि बताए । उनले संशोधन गर्नुपर्ने भए संशोधन गरेर र प्रश्न उठेका विषयमा छलफल गरेर मात्र निचोडमा पुग्ने धारणा राखेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.