सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

आलोपालो प्रधानमन्त्री चर्चाको विषय होइन, अर्को सहमति हुन सक्छ : दाहाल

सिन्धपाल्चोक- नेकपा अध्यक्ष पुष्पकमल दाहालले आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नभएको जिकिर गरेका छन्। बदलिएको राजनीतिक परिवेशमा यस विषयमा पार्टीका दुई अध्यक्षबीच अर्को सहमति हुन सक्ने उनले औँल्याए।

‘सहमतिकै आधारहरुमा दुई पार्टी एकीकरण भएको हो। भएका सहमति सबैलाई जगजाहेरै छ,’ केही समयअघि बिवादमा परेको आफ्नो अभिव्यक्ति सच्याउँदै अध्यक्ष दाहालले भने, ‘आलोपालो प्रधानमन्त्री चर्चा गर्नुपर्ने विषय नै होइन्।’ मांखास्थित कुपकन्या माविको नवननिर्मित विद्यालय भवन उद्घाटन गर्न आएका उनले बिहीबार सञ्चारकर्मीसँग आलोपालो प्रधानमन्त्रीको विषयलाई ‘कन्ट्रोभर्सी’ बनाउन खोजिएको दाबी गरे।

‘यस विषयलाई कन्ट्रोभर्सी बनाउन हुँदैन,’ पूर्वप्रधानमन्त्री रहेका दाहालले भने, ‘यसमा बदलिँदो परिवर्तमा अर्को सहमति हुन सक्छ।’ अर्को सहमति कस्तो हुने भन्ने चाहिँ उनले खुलाएनन्। केही समयअघि दाहालले एक टेलिभिजन अन्तर्वार्तामा पार्टीका दुई अध्यक्षबीच आलोपालोमा प्रधानमन्त्री बन्ने सहमति भएको भन्दै आफूलाई ‘वेइटिङ’ प्रधानमन्त्रीका रुपमा उभ्याएपछि पार्टीभित्र उनको अभिव्यक्ति बिवादमा तानिएको थियो।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

सहमतिका साथ नै पार्टी र दुई अध्यक्ष अघि बढ्ने उनले बताए। पार्टीका नेताहरुको कार्यविभाजन केही दिनमै टुंगिने दाबीसमेत उनले गरे। ‘पार्टीभित्र गृहकार्य भइरहेको छ। यो विषय अब केही दिनमै टुंगिन्छ,’ उनले भने। एकीकरण प्रक्रियामा सबैभन्दा जटिल मानिएका जिल्ला कमिटी र जनवर्गीय संगठनको एकता ११ महिना लगाएर टुंग्याएको उल्लेख गर्दै उनले कार्यविभाजनमा त्यस्तो कठिनाइ नहुने धारणा राखे।

Dirghayu Ads

अध्यक्ष दाहालले विवादित मिडिया काउन्सिल बिधेयक, गुठी बिधेयक, लोक सेवा आयोगको विज्ञापन लगायत विषय राजनीतिक सहमतिमा टुंग्याउने बताए। ‘विधेयक र विज्ञापनको विषयमा संसद र त्यसका समितिमा छलफल भइरहेको छ,’ उनले भने, ‘राम्रोसँग छलफल गरेर टुंगोमा लग्छौँ।’ प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टीबीच छलफल गरेर निचोडमा पुग्ने उनको भनाइ थियो।

यसअघि अध्यक्ष दाहालले भूकम्पपछि पुनर्निर्मित कुपकन्या माविको विद्यालय भवन उद्घाटन गरेका थिए। भारतको टाटा ट्रस्ट र नेपालको सिप्रदीयन सहायता कोषको चार करोड रुपैयाँ लागतमा अत्याधुनिक १५ कोठ भवन निर्माण भएको हो। शौचालय, खानेपानी सुविधा र फर्निचरले सुसज्जित विद्यालय भवन अपांग र बालमैत्री रहेको दाता सिप्रदीयनका बरिष्ठ उपाध्यक्ष शम्भु दाहालले जानकारी दिए।

#प्रधानमन्त्री #आलोपालो #केपी_शर्मा_ओली #प्रचण्ड

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.