सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठ्यो

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई कारवाही गर्न संसदमा आवाज उठेको छ। प्रतिनिधिसभाको बुधबारको बैठकमा समाजवादी पार्टीका प्रदीप यादव र उमारशंकर अरगरियाले संविधान विपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाही गर्न माग गरे।

अरगरियाले संसदीय समितिको निर्देशन नमान्ने र संविधानविपरित अभिव्यक्ति दिने मन्त्रीलाई कारवाहीको घेरामा राख्न सभामुख कृष्णबहादुर महरालाई आग्रह गरे। उनले रुलिङको माग समेत गरे। ‘समानुपातिक समावेशीतालाई उल्लंघन गर्दै विज्ञापन प्रकाशित गर्नेलाई कारवाही हुनुपर्छ’, उनले भने, ‘लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने राज्य व्यवस्था समितिको निर्देशन नमान्ने मन्त्रीलाई पनि कारवाहीको घेरामा ल्याउनुपर्छ।’ सांसद अरगरियाले समावेशी सिद्धान्तविपरित आएको लोकसेवाको विज्ञापनले संघीयतामाथि सांघातिक हमला भएको टिप्पणी गरे।

Sana Kishan

अर्का सांसद प्रदीप यादवले लालबाबुको नाम नलिइ जथाभावी अभिव्यक्ति दिने साइकलमन्त्रीलाई लगाम लगाउन माग गरे।

World Link Ads
Mahakali Polytechnic

#संसद #लालबाबु_पण्डित #लाेकसेवा_विज्ञापन #कारवाही

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.