सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो

काठमाडौँ – सार्वजनिक यातायातको भाडा बढेको छ। यातायात व्यवस्था विभागका सूचना अधिकारी तीर्थराज खनालले १० देखि १२ प्रतिशतसम्म सार्वजनिक यातायातको भाडा बढाइएको बताए।

प्राविधिक समितिको सिफारिसमा बढाइएको भाडा असार १ गतेदेखि लागू हुनेछ।
यसअघि विभागले दशैंको पूर्वसन्ध्यामा सार्वजनिक यातायातमा १० प्रतिशतले भाडा वृद्धि गरेको थियो। व्यवसायीहरु लामो समयदेखि वैज्ञानिक भाडादर कायम गर्नुपर्ने माग गर्दै आएका थिए।

विभागले सवारी साधन र इन्धनमा भएको मूल्य वृद्धि तथा श्रमिकको ज्यालामा वृद्धि, सवारी पार्टपुर्जाको मूल्यमा वृद्धि लगायत बजारको महंगी (मूल्य वृद्धि)लाई मध्यनजर गर्दै यायायात व्यवसायी, उपभोक्ता अगुवा तथा सुरक्षा निकायसँग छलफल गरी वैज्ञानिक भाडादर कायम गरेको हो। भाडा वृद्धिका लागि प्राविधिक समितिले सिफारिस गरेकाे थियाे।

World Link Ads
Sana Kishan

महानिर्देशक दहालका अनुसार अब सार्वजनिक सवारीको भाडा न्युनतम १६ रुपैयाँ पुगेको छ। विभागले ४ किलोमिटरलाई आधार मानेर न्युनतम भाडा तोक्दै आएको छ। यसअघि ४ किमीको १४ रुपैयाँ भाडा थियो।

विभागले ट्याक्सीमा समेत वैज्ञानिक भाडादर कायम गरेको छ। जसअन्तर्गत असार १ गते नै लागु हुनेगरी ट्याक्सी भाडामा फ्ल्याक डाउन प्रणाली लागु गरिनेछ। यो प्रणाली लागु भएपछि ट्याक्सी व्यवसायी तथा उपभोक्ता दुबैलाई राहत हुने विभागले जनाएको छ।

#सार्वजनिक_यातायात #भाडा_वृद्धि #यातायात_व्यवस्था_विभाग

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close