सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बलिउडका महानायकको मन: फेरी तिरिदिए २१ सय किसानको ऋण

बलिउडका महानायक अभिनेता अमिताभ बच्चनले यो बर्षपनि बिहारका २१ सय किसानको ऋण तिरिदिएका छन् । ‘जे सोचेको थिएँ, जे बोलेको थिएँ, त्यो आज पुरा भएको छ । देशको रक्षाका लागी जे दिनुपर्ने थियो दिएँ,’ उनले भने, ‘एउटा अर्को वचन पूरा गरेँ ।’
अमिताभले विहारका ऋण तिर्न बाँकी किसानमध्ये २१ सय किसान छनौट गरेर उनीहरूको ऋण भुक्तान गरेका हुन् । किसानहरुलाई अमिताभका दुई छोरा–छोरी अभिषेक र स्वेताले उक्त सहयोग प्रदान गरेका हुन् ।

Sana Kishan

अमिताभले यसअघि पनि किसानहरूको लागी विभिन्न किसिमको सहयोग गर्दै आएका थिए । अघिल्लो वर्ष उनले उत्तर प्रदेशका १ हजार भन्दा बढि किसानको ऋण चुक्ता गरिदिएका थिए । त्यस्तै, महाराष्ट्रका करिब ३५० किसानल तिर्न नसकेको ऋण पनि उनले पुरा गरिदिएका थिए ।

बलिउडका कलाकारहरुमा अमिताभ मात्रै यस्ता अभिनेता हुन्, जसले पटक पटक किसान र आर्थिक अवस्था कमजोर भएका व्यक्तीहरुलाई नियमित रुपमा सहयोग गर्दै आएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.