सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

एसएसबी र भारतीय एजेन्टको विवादले जोगवनी नाका ठप्प

विराटनगर : भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भन्सारका एजेन्टबीचको विवादले बिहीबार बिहानैबाट विराटनगरको जोगवनी नाका ठप्प भएको छ।

एसएसबीले कुटपिट गरेको भन्दै मालवस्तु जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित भएका छन्। एजेन्टको सनकले नाका ठप्प हुँदा भारत तथा तेस्रो मुलुकबाट माल सामान बोकेर आएका सयौं मालबाहक सवारी भारतमै रोकिएका छन्।

मालबाहक सवारी भारतमै रोकिएपछि विराटनगर भन्सार कार्यालयको राजस्व संकलन पनि प्रभावित बनेको भन्सारका सूचना अधिकारी मनीराम पौडेलले जानकारी दिए। उनका अनुसार भन्सारको मुख्य नाका नै ठप्प हुँदा बिहानदेखि सामान नेपाल भित्रिएको छैन।

World Link Ads
Mahakali Polytechnic

एसएसबीले जोगवनी बजार क्षेत्रमा नेपाल फर्कने खाली गाडीलाई समेत रोक लगाएको छ। खाली गाडीका कारण उक्त क्षेत्रमा जाम भएको भन्दै रोक लगाएको बताएको छ।

Dirghayu Ads
Sana Kishan

एसएसबीले नेपालबाट फर्कने खाली गाडीलाई जोगवनीको बाटो प्रयोग गर्न नदिएपछि उक्त क्षेत्र तनावग्रस्त बनेको छ।

सामान बोकेर आएका मालबाहक सवारी साधनको जाँचपासमा असहयोग गरेर भारतीय भन्सार एजेन्ट आन्दोलित बन्दा जोगवनीबाट हुने आयात निर्यात ठप्प भएको हो।

भारतीय सुरक्षा अधिकारीसँग समन्वय गर्दै समस्या समाधानका लागि पहल गर्न इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर रानाको नेत्रृत्वमा नेपाली टोली परिचालन गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले नेपालबाट खाली गाडीलाई विराटनगर– १८ को बुधनगरमा निर्माणाधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी)को बाटो हुँदै फर्काउने विषयमा भारतीय पक्षसँग छलफल भइरहेको बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.