सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी विमानस्थल एक महिनापछि पुनः सञ्चालन

धनगढी : धावन मार्ग स्तरोन्नतिका लागि एक महिना बन्द भएको धनगढी विमानस्थल पुनः सञ्चानलमा आएको छ। बुधबारदेखि नियमित उडान सुरु भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। वैशाख २२ देखि उडान रोकेर विमानस्थल धावन मार्गको स्तरोन्नतिको काम भइरहेको छ। विमानस्थल प्रमुख तेजबहादुर बुढ्थापाले विमानस्थलमा नियमित उडान सुरु गरेको जानकारी दिए।

बुधबार बुद्ध एअर र श्री एअरलाइन्सले २-२ उडान भरेको विमानस्थल कार्यालयले जनाएको छ। उडान पुनः सञ्चालन भए पनि धावन मार्ग स्तरोन्नतिको काम भने बाँकी छ।
एक हजार आठ सय मिटर लामो धावन मार्गमध्ये करिब नौ सय मिटरमा स्तरोन्नतिको काम सकिएको विमानस्थल प्रमुख बुढ्थापाले बताए। बाँकी क्षेत्रमा पनि स्तरोन्नतिको काम गर्न १ असारदेखि केही दिनसम्म बेलुकी ४ बजेदेखि बिहान साढे ८ बजेसम्म विमानस्थल बन्द गरेर काम गरिने उनले बताए।

Sana Kishan

धावन मार्गको पाँच सय २६ मिटर क्षेत्रमा दलदले माटो भेटिएपछि स्तरोन्नतिको काम लम्बिएको हो। लामो समयसम्म विमानस्थल बन्द हुँदा धेरै यात्रुलाई समस्या परेको थियो।
धनगढी विमानस्थल कार्यालयका अनुसार नियमित पाँचवटा उडान हुने काठमाडौं–धनगढी रुटमा दैनिक करिब साढे ६ सय जनाले हवाई यात्रामा ओहोरदोहोर गर्दै आएका थिए।

World Link Ads
Mahakali Polytechnic

धावन मार्ग कालोपत्रेसँगै विमानस्थलमा जहाज पार्किङ क्षेत्र विस्तार गरिँदैछ। हाल एउटा सानोसहित तीनवटा जहाज पार्किङको सुविधा रहेकोमा अब चारवटा ठूला जहाज पार्किङका लागि क्षेत्र बनाइने विमानस्थल प्रमुख बुढ्थापाले बताए। धावन मार्ग स्तरोन्नति र पार्किङ क्षेत्र विस्तारको काम लुम्बिनी–कोसी एन्ड न्यौपाने–खड्का–कृष्ण जेभी काठमाडौंले १७ करोड, ८८ लाख ८८ हजार रुपैयाँको लागतमा गरिरहेको हो।

Dirghayu Ads

विमानस्थलमा अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्बाईको कालोपत्रे धावनमार्ग छ। अव धावनमार्गमा थप कालोपत्रे हुँदै छ भने जीर्ण बनेको क्षेत्रमा मर्मत भइरहेको छ। दुवैतर्फ २-२ मिटर धावनमार्ग फराकिलो बनाउने कार्य जारी छ। उक्त कार्य भने उडान समय भन्दा अन्य समयमा जारी राख्ने विमानस्थल निर्माण आयोजनाका प्रमुख रत्नबहादुर श्रेष्ठले बताए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.