सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

बझाङमा विद्यालयको पढाइ रोकेर नेताको स्वागत

बझाङ : सोमबार बझाङको केदार मावि बित्थडमा विद्यालय परिवारले विद्यालयमै नेतालाई स्वागत गरेको छन्। विद्यालयमा नेता उपस्थित हुने थाहा पाएका शिक्षक र विद्यालय परिवारले पढाइ बन्द गरेर विद्यार्थीलाई नेताको स्वागतमा सहभागी गराएका हुन्।

नेकपाको शपथ ग्रहणमा सहभागी हुन आएका नेतालाई विद्यालयमा स्वागत गरिएको हो। विद्यालयमा संविधानसभा सदस्य अफिलाल ओखेडा, अनेरास्ववियु संयोजक ऐन महरलगायतका नेता उपस्थित थिए।

Sana Kishan

नेताको स्वागतका लागि विद्यालयको गेटदेखि नै सयौंको संख्यामा विद्यार्थीलाई लामबद्ध राखिएको थियो। शिक्षकले नेताको नाम लिँदै स्वागत गर्दा विद्यार्थीले साउन्ड बक्स बोकेका थिए।

World Link Ads
Mahakali Polytechnic

विद्यालयमा नेताको स्वागतका लागि करिब दुई घण्टा कार्यक्रम भएको थियो। विद्यालयका शिक्षक विष्णु सिंह बोहराले सामान्य ढंगले कार्यक्रम गरेको बताए। सामाजिक सञ्जालमा भइरहेको टिप्पणीबारे आफू जानकार रहेको बताउँदै उनले गलत व्याख्या भइरहेको आरोप लगाए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.