सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कर्णालीका मुख्यमन्त्रीलाई ‘रातो गाडी’ उपहार

सुर्खेतः साझा विवेकशील पार्टीले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई 'रातो गाडी' उपहार दिएको छ।आधाभन्दा बढी नागरिक गरिबीको रेखामुनी रहेको प्रदेशमा सरकारका मन्त्रीले विलासी सवारी साधनमा सयर गर्न थालेको भन्दै विवेकशीलले मुख्यमन्त्रीलाई डमी 'रातो गाडी' उपहार प्रदान गरेको हो।

चालु आर्थिक वर्ष सकिनै लाग्दा प्रदेश सरकारले विकास बजेट रकमान्तर गरेर ५४ वटा गाडी खरिद गरेको छ। यसैको विरोधस्वरुप विवेकशील पार्टीले सांकेतिक रुपमा मुख्यमन्त्रीलाई रातो गाडी उपहार दिएको हो। साझा विवेकशील पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दहालले प्रदेशका मन्त्रीमा विलासी गाडीको मोह बढेको भन्दै मंगलबार मुख्यमन्त्री शाहीलाई एक थान डमी रातो गाडी प्रदान गरेका हुन्।

Sana Kishan

जनताको करबाट ल्याइएको बजेट विकासमा लगानी गर्नुको साटो मन्त्रीले महँगो गाडीमा खर्च गर्न थालेको भन्दै आफूले त्यसको विरोध गरेको विवेकशीलले जनाएको छ। 'आर्थिक वर्षको अन्त्यमा ठूलो मात्रामा विकास बजेट रकमान्तर गरेर मन्त्रीका लागि गाडी खरिद गरिएका छन्, जनताको अवस्था नाजुक छ,' विवेकशीलका प्रदेश संयोजक दहालले भने, 'जनताको करमा रजाइँ गर्न मिल्दैन,बजेटको दुरुपयोग गरिएको छ।यसको हामीले विरोध गरेका हौं, मन्त्रीहरु जनताका समस्या भन्दा आफ्नो सुविधामा केन्द्रीत भए।'

World Link Ads

विवेकशीलले विकास बजेट विकास निर्माणमै लगानी गर्नसमेत प्रदेश सरकारलाई आग्रह गरेको छ।यस्तै, आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटमा यहाँका युवालाई रोजगारी दिने खालका कार्यक्रम ल्याउन र उत्पादनमुलक कार्यक्रममा पर्याप्त बजेट विनियोजन गर्नसमेत माग गरिएको छ।

यहाँका वेरोजगार युवालाई सीप र क्षमता विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने माग विवेकशील पार्टीले गरेको हो। यस्तै आगामी बजेटमार्फत नागरिकलाई स्वास्थ्य र शिक्षा निशुल्क गर्नुपर्ने, मेडीकल कलेज स्थापनाका लागि बजेट विनियोजन हुनुपर्ने, प्रदेशमा साना तथा मझौला उद्योग संचालनमा ल्याउनुपर्ने, आर्थिक वर्षको अन्त्यमा मात्र विकास बजेट खर्च गर्ने परम्पराको अन्त्य हुनुपर्ने र प्रदेशका मन्त्रीले विलासीशैली त्याग्नुपर्ने भन्दै विवेकशीलले प्रदेश सरकारको ध्यानाकर्षणसमेत गराएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close