सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

५० डिग्रीको तातो हावामा गुडिरहेको रेलमा गर्मीले ४ जनाको मृत्यु

काठमाडौं । भारतमा अत्यधिक गर्मीका कारण गुडिरहेको रेल भित्रै ४ जनाको मृत्यु भएको छ । नयाँ दिल्लीबाट झांसीका लागि छुटेको केरला एक्सप्रेसको रेलभित्रै चार जना यात्रीको मृत्यु भएको हो ।

उनीहरु चारैजनाको अत्यधिक गर्मीका कारण मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । गम्भीर अवस्थामा रहेका १ जनालाई अस्पताल भर्ना गरिएको छ ।

६८ जनाको समुहमा रहेका उनीहरु बनारसी र आगराको भ्रमण सकेर घरतर्फ (कोयम्बटूर) गइरहेका थिए । चार दिन अगाडि उनीहरु घुमघामका लागि निस्केका थिए ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अत्यधिक गर्मीका कारण केहि यात्रुहरु बेहोस भएपछि चिकित्सक बोलाइएको थियो । चिकित्सकले चारैजनालाई मृत घोषित गरेका हुन । चिकित्सकले मृत घोषणा गरेपछि उनीहरुको शव झाँसी रेल स्टेशनबाट निकालिएको हो ।

Dirghayu Ads

उक्त ठाँउको तापक्रम हिजो (सोमबार) ५० डिग्री सेल्सियस रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतमा प्रचण्ड गर्मीका कारण राजधानी दिल्लीसहित अधिकांश क्षेत्रको जनजिवन कष्टकर बनेको छ । इलाहाबाद, दिल्ली, लखनउ लगायतका कैयौं सहरमा ४५ डिग्री सेल्सिय माथि तापक्रम रहेको बताइएको छ ।

यस्तै राजस्थानमा पनि गर्मीको प्रभाव परेको छ । त्यँहाको तापक्रम ४८ डिग्रि सेल्सियस माथि छ । भारतमा अत्यधिक गर्मीका कारण धेरैको ज्यान जाने गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.