सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छेला औद्योगिक क्षेत्र सञ्चालन गर्न सबै सकारात्मक छनः नगर प्रमुख चन्द

मदन गिरी
महेन्द्रनगर २८ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिका स्थीत छेला औद्योगीक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् । मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनकि सुनावाई कार्याक्रममा स्थानीयले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन सहमती जनाएका हुन ।

वेदकोट नगरपालिकामा स्थापना हुन लागेको देजी औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै निकाय सकारात्मक रहेको नगर प्रमुख चन्दले बताए । उनले लामाे समय पछि औद्योगिक क्षेत्र सञ्चालन हुन लागेकोमा स्थानीय खुसि भएको बताए ।
साथै स्थानीयले औद्योगिक क्षेत्रबाट गरेका अपेक्षा परिपुर्तीका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । स्थानीयले रोजगारी तथा उद्योग स्थापनामा स्थानीयलाई प्राथमिकता दिनु पर्ने, जलवायु परिर्वतनको प्रभावलाई ध्यान दिने तथा फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
साथै साढे पाँच अर्व रुपयाको लागत अनुमान रहेको दैजी औद्योगिक क्षेत्र तीन वर्ष भित्रमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको नगर प्रमुख चन्दको भनाई छ ।

औद्योगीक क्षेत्रको डिपीआर तयार भईरहेको उल्लेख गर्दै नगर प्रमुख चन्दले उक्त क्षेत्रमा सबै खाले भौतीक पुर्वाधारको निर्माण गरिने बताए । त्यस्तै औद्योगीक क्षेत्र बालाजुका महाप्रबन्धक सुवास सिटौलाले औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थानीय लगायत सरोकारवाला सकारात्मक देखिएको बताए । उनले सार्वजनिक सुनवाईको रिर्पोट तयार पारेर उच्च स्तरि छलफल तथा बैठक गरिने बताए । साथै प्रतिवेदन पास भएको बालाजुले दैजी औद्योगिक क्षेत्रको नाममा नेपाल सरकारले कार्य सञ्चालनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर्ने छ ।
करिब नौ सय बिघा जमिन आवश्यक रहेको औद्योगिक क्षेत्रका लागि हाल दुई सय ९३ विघा जमिन दैजीको औद्योगीक क्षेत्रको नाममा रहेको छ ।
वषौँ अघिको सपना पुरा हुन लागेकोमा स्थानीय हर्षीत भएका छन् । २०५१ सालमा छेला औद्योगिक क्षेत्रका स्थापना गरिएको थियो ।
सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दैँ स्थानीय बिरेन्द्र भट्टले सुदूरपश्चिमकै गौरवको रुपमा रहेको छेला औद्योगिक क्षेत्र प्रदेकै समृद्धीसँग जोडीएकाले यसको तत्काल कार्य प्रारम्भ हुुन पर्ने बताए ।

World Link Ads
Mahakali Polytechnic

वेदकोट नगरपालिकामा स्थापना हुन लागेको देजी औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै निकाय सकारात्मक रहेको बताए । उनले लामाे समय पछि औद्योगिक क्षेत्र सञ्चालन हुन लागेकोमा स्थानीय खुसि भएको बताए ।

Dirghayu Ads

त्यस्तै अर्का स्थानीय सागर सुनारले छेला औद्योगिक क्षेत्र बन्न लागेकोमा खुसि व्यक्त गर्दै यसलाई तत्काल सञचालनमा माग गरे ।
भने स्थानीयले महादेव भट्टले पनि औद्योगिक क्षेत्र तत्काल सञ्चालन गरि उद्योगमा स्थानीयलाई प्राथमीकता दिनु पर्ने बताए । उनले उद्योगलाई आवश्यक जन शक्ती व्यवस्थापन बाह्य नभई आन्तरिक सा्रेत साधन परिचालन गर्न सुझाव दिए ।

Sana Kishan

पछिल्लो समयमा गरिएको ठुलो मेहनतको प्रतिफलबाट औद्योगिक क्षेत्र स्थापना हुन लागेको बताउँदै संसद धामीले ‘दैजी–छेला उद्योग सञ्चालन एतिहासिक कार्य हो, यसका लागि खटीनेको मुल्याकंन जनताले गर्नु पर्छ, हिजोका दिनमा सत्तामा बसेर काम नगर्नेबाट पनि जनताले जवाफ माग्नु पर्छ’ संघिय संसद नर बहादुर धामीले भने । सरकारले पुरानो उद्योग सञ्चालन गर्ने र नयाँलाई सञ्चालन गर्ने नितिकासाथ काम गरिरहेको उनको भनाई छ ।

त्यस्तै बढ्दै गएको जलवायु परिर्वतनलाई समेत विशेष ध्यान दिन स्थानीयले माग गरेका छन् । उद्योगबाट उत्पन्न हुने कार्बन लगायत हानिकार ग्याँस र फोहरमैला व्यवस्थापनका लागि छुट्टै कार्यक्रम सञ्चालन गरिनु पर्ने स्थानीय बिमल सिंहको भनाई छ । स्थानीय गंगाराम मल्लले बसोबास गरिरहेको वस्तीलाई असर नपर्ने गरि औद्योग सञ्चालन गर्नु आग्रह गरे ।

प्रदेशको एक मात्रै औद्योगिक क्षेत्रका रुपमा रहेकाले यसले सुदूरपश्चिमकै समृद्धीलाई जोडेको बताए । साथै प्रदेश सरकारले औद्योगीक क्षेत्रको स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको राज्यमन्त्री प्रकास रावलकाे भनाई छ ।

जिल्ला स्थीत सम्पुर्ण राजनितिक दल, संघ संस्था लगायत सरोकारवाला सबै निकायको सहभागीता रहेको सुुनवाई औद्योगिक क्षेत्र सञ्चालनका लागि सबै सकारात्मक देखिएका छन् ।

0
Share FacebookTwitter

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.