सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

छेला औद्योगिक क्षेत्र प्रदेशकै समृद्धीसँग जोडीएको छः राज्यमन्त्री रावल

मदन गिरी
महेन्द्रनगर २८ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिका स्थीत छेला औद्योगीक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् । मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनकि सुनावाई कार्याक्रममा स्थानीयले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन सहमती जनाएका हुन ।

सुदूरपश्चिम प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकास रावलले दैजी औद्योगीक क्षेत्र प्रदेशकै समृद्धीसँग जोडीको बताए । औद्योगीक क्षेत्र बालाजुले मंगलबार गरेको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दैँ प्रदेश राज्यमन्त्री रावलले यस्तो बताएका हुन् ।

प्रदेशको एक मात्रै औद्योगिक क्षेत्रका रुपमा रहेकाले यसले सुदूरपश्चिमकै समृद्धीलाई जोडेको बताए । साथै प्रदेश सरकारले औद्योगीक क्षेत्रको स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाई छ । साथै दैजी औद्योगीक क्षेत्र स्थापनामा जनप्रतिनिधिको भुमीका महत्वपुर्ण रहेकोले उल्लेख गरे ।
त्यस्तै जिल्लाका महाकालीमा सुख्खाबन्दर गाहका सञ्चालनका लागि समेत केन्द्रसँग पहल भईरहेको बताउँदै बन्दरगाह भारतसँग जोडीएको विषय भएकाले केन्द्र सरकार कुटनितिक माध्यमबाट प्रक्रिया सुरु गर्न आग्रह समेत गरे ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

छेला औद्योगिक क्षेत्र सञ्चालन गर्न सबै सकारात्मक छनः मेयर चन्द

Dirghayu Ads

वेदकोट नगरपालिकामा स्थापना हुन लागेको देजी औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै निकाय सकारात्मक रहेको नगर प्रमुख चन्दले बताए । उनले लामाे समय पछि औद्योगिक क्षेत्र सञ्चालन हुन लागेकोमा स्थानीय खुसि भएको बताए ।
साथै स्थानीयले औद्योगिक क्षेत्रबाट गरेका अपेक्षा परिपुर्तीका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । स्थानीयले रोजगारी तथा उद्योग स्थापनामा स्थानीयलाई प्राथमिकता दिनु पर्ने, जलवायु परिर्वतनको प्रभावलाई ध्यान दिने तथा फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
साथै साढे पाँच अर्व रुपयाको लागत अनुमान रहेको दैजी औद्योगिक क्षेत्र तीन वर्ष भित्रमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको नगर प्रमुख चन्दको भनाई छ

औद्योगीक क्षेत्रको डिपीआर तयार भईरहेको उल्लेख गर्दै नगर प्रमुख चन्दले उक्त क्षेत्रमा सबै खाले भौतीक पुर्वाधारको निर्माण गरिने बताए । त्यस्तै औद्योगीक क्षेत्र बालाजुका महाप्रबन्धक सुवास सिटौलाले औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थानीय लगायत सरोकारवाला सकारात्मक देखिएको बताए । उनले सार्वजनिक सुनवाईको रिर्पोट तयार पारेर उच्च स्तरि छलफल तथा बैठक गरिने बताए । साथै प्रतिवेदन पास भएको बालाजुले दैजी औद्योगिक क्षेत्रको नाममा नेपाल सरकारले कार्य सञ्चालनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर्ने छ ।
करिब नौ सय बिघा जमिन आवश्यक रहेको औद्योगिक क्षेत्रका लागि हाल दुई सय ९३ विघा जमिन दैजीको औद्योगीक क्षेत्रको नाममा रहेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.