सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दैजी औद्योगिक क्षेत्र राष्ट्रकै गौरवको योजना हो संघिय: संसद धामी

मदन गिरी
महेन्द्रनगर २८ जेठ । कञ्चनपुरको वेदकोट नगरपालिका स्थीत छेला औद्योगीक क्षेत्रको काम अगाडी बढाउन स्थानीय सहमत भएका छन् । मंगलबार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजुले गरेको सार्वजनकि सुनावाई कार्याक्रममा स्थानीयले दैजी–छेला औद्योगिक क्षेत्रको काम अगाडी बढाउन सहमती जनाएका हुन ।

दैजी औद्योगिक क्षेत्र राष्ट्रकै गौरवको आयोजना रहेको संघिय संसद नर बहादुर धामीले बताएका छन् । सार्वजनिक सुनवाई कार्याक्रममा बोल्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित केन्द्रीय सभा सदस्य धामीले यस्तो बताएका हुन् ।
केन्द्रीय सरकारको एक प्रदेश एक औद्योगीक क्षेत्र विकास कार्याक्रम अन्र्तगत दैजी–छेला औद्योगिक क्षेत्र परेकोले यो स्थानीय र प्रदेशको मात्रै नभई केन्द्र सरकारकै गौरवको आयोजनाका रुपमा रहेको उनको भनाई छ ।
उनले २०५१ सालमा औद्योगिक क्षेत्र स्थापनाका लागि निर्णय गरिएकाले त्यसको प्रतिफलका लागि जनताले लामो समय पर्खिनु परेको बताए ।
तत्कालिन डिएफओले ईआए प्रतिवेदन गलत रिर्पोटिङका कारण औद्योगीक क्षेत्र सञ्चालनमा ढिलाई भएको उल्लेख गर्दैँ संसंद धामीले त्यस अवधिमा सत्तामा रहेको यस क्षेत्रमा जनप्रतिनिधिहरुले काम नगरेको उनको आरोप छ ।
पछिल्लो समयमा गरिएको ठुलो मेहनतको प्रतिफलबाट औद्योगिक क्षेत्र स्थापना हुन लागेको बताउँदै संसद धामीले ‘दैजी–छेला उद्योग सञ्चालन एतिहासिक कार्य हो, यसका लागि खटीनेको मुल्याकंन जनताले गर्नु पर्छ, हिजोका दिनमा सत्तामा बसेर काम नगर्नेबाट पनि जनताले जवाफ माग्नु पर्छ’ उनले भने । सरकारले पुरानो उद्योग सञ्चालन गर्ने र नयाँलाई सञ्चालन गर्ने नितिकासाथ काम गरिरहेको उनको भनाई छ ।

छेला औद्योगिक क्षेत्र प्रदेशकै समृद्धीसँग जोडीएको छः राज्यमन्त्री रावल

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

सुदूरपश्चिम प्रदेशका उद्योग वन वातावरण तथा पर्यटन राज्यमन्त्री प्रकास रावलले दैजी औद्योगीक क्षेत्र प्रदेशकै समृद्धीसँग जोडीको बताए । औद्योगीक क्षेत्र बालाजुले मंगलबार गरेको सार्वजनिक सुनवाई कार्यक्रममा बोल्दैँ प्रदेश राज्यमन्त्री रावलले यस्तो बताएका हुन् ।
प्रदेशको एक मात्रै औद्योगिक क्षेत्रका रुपमा रहेकाले यसले सुदूरपश्चिमकै समृद्धीलाई जोडेको बताए । साथै प्रदेश सरकारले औद्योगीक क्षेत्रको स्थापनालाई प्रमुख प्राथमिकतामा राखेको उनको भनाई छ । साथै दैजी औद्योगीक क्षेत्र स्थापनामा जनप्रतिनिधिको भुमीका महत्वपुर्ण रहेकोले उल्लेख गरे ।
त्यस्तै जिल्लाका महाकालीमा सुख्खाबन्दर गाहका सञ्चालनका लागि समेत केन्द्रसँग पहल भईरहेको बताउँदै बन्दरगाह भारतसँग जोडीएको विषय भएकाले केन्द्र सरकार कुटनितिक माध्यमबाट प्रक्रिया सुरु गर्न आग्रह समेत गरे ।

Sana Kishan

छेला औद्योगिक क्षेत्र सञ्चालन गर्न सबै सकारात्मक छन मयेर चन्द

वेदकोट नगरपालिकामा स्थापना हुन लागेको देजी औद्योगिक क्षेत्र सञ्चालनका लागि सरोकारवाला सबै निकाय सकारात्मक रहेको बताए । उनले लामाे समय पछि औद्योगिक क्षेत्र सञ्चालन हुन लागेकोमा स्थानीय खुसि भएको बताए ।
साथै स्थानीयले औद्योगिक क्षेत्रबाट गरेका अपेक्षा परिपुर्तीका लागि नगरपालिका प्रतिबद्ध रहेको बताए । स्थानीयले रोजगारी तथा उद्योग स्थापनामा स्थानीयलाई प्राथमिकता दिनु पर्ने, जलवायु परिर्वतनको प्रभावलाई ध्यान दिने तथा फोहरमैला व्यवस्थापनमा विशेष ध्यान दिन आग्रह गरेका छन् ।
साथै साढे पाँच अर्व रुपयाको लागत अनुमान रहेको दैजी औद्योगिक क्षेत्र तीन वर्ष भित्रमा कार्य सम्पन्न गरिसक्ने लक्ष्य लिएको नगर प्रमुख चन्दको भनाई छ ।

औद्योगीक क्षेत्रको डिपीआर तयार भईरहेको उल्लेख गर्दै नगर प्रमुख चन्दले उक्त क्षेत्रमा सबै खाले भौतीक पुर्वाधारको निर्माण गरिने बताए । त्यस्तै औद्योगीक क्षेत्र बालाजुका महाप्रबन्धक सुवास सिटौलाले औद्योगिक क्षेत्र सञ्चालनका लागि स्थानीय लगायत सरोकारवाला सकारात्मक देखिएको बताए । उनले सार्वजनिक सुनवाईको रिर्पोट तयार पारेर उच्च स्तरि छलफल तथा बैठक गरिने बताए । साथै प्रतिवेदन पास भएको बालाजुले दैजी औद्योगिक क्षेत्रको नाममा नेपाल सरकारले कार्य सञ्चालनका लागि जग्गाको स्वामित्व हस्तान्तरण गर्ने छ ।
करिब नौ सय बिघा जमिन आवश्यक रहेको औद्योगिक क्षेत्रका लागि हाल दुई सय ९३ विघा जमिन दैजीको औद्योगीक क्षेत्रको नाममा रहेको छ ।

1
Share FacebookTwitter

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.