सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तीर्थयात्री सवार बसमा ट्रक ठोक्कियो, दुई भारतीयको मृत्यु, २१ घाइते

रौतहट– रौतहटको चन्द्रपुर नगरपालिका १ स्थित मंगलपुर जंगलमा रोकिराखेको यात्रुबाहक बसलाई मालबाहक ट्रकले पछाडिबाट सोमबार राति ठक्कर दिँदा २ जना भारतीय नागरिकको मृत्यु भएको छ। दुर्घटनामा २१ जना घाइते भएको प्रहरीले जनाएको छ। ३ जनाको अवस्था गम्भीर छ।

काठमाडौंबाट जनकपुरतर्फ गईरहेको ना.६ ख. ९०३० भारतीय तिर्थयात्री सवार बस सोमबार राति १२.४५ बजेको समयमा पूर्व पश्चिम राजमागको पौराई जंगलस्थित मंगलपुरमा यात्रुको शौचका लागि रोकेको अवस्थामा सोही दिशातर्फ गइरहेका को. १ ख २६२५ नम्वरको मालबाहक ट्रकले पछाडिबाट ठक्कर दिँदा २ भारतीयको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त बसमा भारतको उडिसा राज्यका ६० जना तीर्थयात्री सवार थिए। ट्रकले ठक्कर दिँदा उडिसा राज्यको उपरा साही नयरखण्डाला मन्दीर जागामारा भुवनेश्वर खोडदाहाका ५२ वर्षीय विजयकुमार जेना र ५४ वर्षीय चरण विशालको घटनास्थलमै ज्यान गएको रौतहटका डिएसपी नविन कार्कीले जानकारी दिए।

उनका अनुसार २१ जना घाइते तीर्थयात्रीमध्ये ५५ बर्षका सर्बेश्वर जेना, ५३ बर्षका शेषादेव जेना र ६३ बर्षका करुणा कर्जुनाको अवस्था गम्भीर रहेको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको छ।

Mahakali Polytechnic

७० वर्षीया शौरी बिहारा, ७५ बर्षका बलभद्र बिश्ववाल, ५३ का श्रीनिवास राउत, ४५ का दुर्योधन पाईकारा, ४२ का रत्नाकार दास र बस चालक जिल्ला झापा मेची नगरपालिका १० बस्ने बर्ष ५७ को दुर्गा प्रसाद पौडेलको उपचार चन्द्रनिगाहपुर अस्पतालमा भइरहेको तथा १२ जनाको समान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको डिएसपी कार्कीले बताए।

World Link Ads

घटनापछि ट्रक चालक फरार भए पनि प्रहरी अनुसन्धानबाट पत्ता लागि सकेको र चाँडै नियन्त्रणमा लिने उनले दाबी गरे। मृतक दुवै जनाको शव चन्द्रनिगाहपुरस्थित सरकारी अस्पतालमा राखिएको छ। बसमा सबै यात्रुहरुको एउटै गाउँको रहेको पाइएको छ।

Sana Kishan

घटनापछि प्रमुख जिल्ला अधिकारी किरण थापासंगै सुरक्षा निकायको टोली घटनास्थल पुगेको छ। अस्पतालमा रहेका घाइतेहरुलाई अविलम्ब उपचार गर्न चिकित्सकलाई निर्देशन दिँदै विरगंज स्थित न्यूरो अस्पतालमा उपचारार्थ तीन जनालाई राम्ररी उपचार गराउन पर्सा प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरिएको तथा वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासमा जानकारी समेत गराइएको रौतहटका प्रजिअ थापाले बताए।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds