सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री ओलीकाे अक्सफोर्डमा ऐतिहासिक सम्बोधन

बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले यहाँको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् । अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे आफ्ना धारणा राखे ।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा कृष्ण अधिकारी बताउछन् ।

World Link Ads
Mahakali Polytechnic

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा कृष्ण अधिकारी बताउछन् ।

Dirghayu Ads
Sana Kishan

केहि वर्षअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थी तथा रिसर्चरहरुले आयोजना गरेका थिए ।

साँझ साढे ७ बजे लण्डन उत्रिएका प्रधानमन्त्री ओलीले त्यसको ठीक एक घण्टापछि अक्सफोर्डमा सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । लण्डनको हिथ्रो विमानस्थलबाट हेलिकोप्टरमा सिधै अक्सफोर्डतर्फ गएका उनलाई कार्यक्रमस्थलमा पुग्न निर्धारित समयभन्दा ४५ मिनेट ढिलो भएको थियो । व्यस्तता, यात्रा र दौडधुपका कारण सम्बोधनका क्रममा प्रधानमन्त्री थकित देखिएका थिए ।

उनले झण्डै पच्चीस मिनेट लामो सम्बोधनमा गरेका थिए । दोस्रो चरणको प्रश्नोत्तर कार्यक्रममा सहभागीले सोधेका विदेश नीति, पार्टी एकता, सरकारको नेतृत्व लगायतका प्रश्नमा उनले जवाफ दिएका थिए । सरकारको नेतृत्व आलोपालो गर्ने प्रचण्डँंगको सहमतिका विषयमा अब पार्टीले नै टुंगो लगाउने उनको भनाइ थियो ।

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने जिज्ञासामा प्रधानमन्त्रीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने नीति रहेको सुनाए । देशमा राजनीतिक स्थिरता रहेको वर्तमान अवस्थामा नेपालको विदेश नीति बलियो र परिपक्व रहने उनको तर्क थियो ।

नेपालको पूरानो मित्रराष्ट्र बेलायतको भ्रमणले द्वीपक्षीय हितका दृष्टिले उपलब्धीमुलक बन्ने विश्वास ओलीले व्यक्त गरे ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.