सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

प्रधानमन्त्री ओली बेलायतमा, आज उच्चस्तरीय भेटघाट

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २८, २०७६
1 min read

लण्डन : युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बेलुका लण्डन आइपुगेका छन् । बेलायती प्रधानमन्त्री टेरिसा मेको निमन्त्रणमा तीन दिने औपचारिक भ्रमणका लागि उनी बेलायत आएका हुन् । स्वीजरल्याण्डमा सम्पन्न अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनमा भाग लिएर प्रधानमन्त्रीको भ्रमण टोली सीधै लण्डन आएको हो ।

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

बेलायत आइपुगेको प्रधानमन्त्रीको २० सदस्यीय भ्रमण टोलीमा प्रधानमन्त्री पत्नी राधिका शाक्यसंगै परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, परराष्ट्रसचिव शंकरदास वैरागी, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईलगायत छन् ।

लण्डनको हिथ्रो विमानस्थलमा प्रधानमन्त्री भ्रमण टोलीका सदस्यलाई बेलायतका आर्मड् फोर्सेस राज्यमन्त्री मार्क लांकास्टर र बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले स्वागत गरेका थिए ।

विमानस्थल उत्रिएलगत्तै प्रधानमन्त्री ओली हेलिकोप्टर चढेर अक्सफोर्ड विश्वविद्यालय पुगेका थिए । जहाँ उनले नेपालको शान्ति प्रक्रिया, प्रजातन्त्र तथा समृद्धिका लागि जारी प्रयत्नका विषयमा आफ्ना भनाई राखे । पछिल्लो १७ वर्षमा नेपालका बहालवाला प्रधानमन्त्रीबाट बेलायत भ्रमण भएको यो पहिलो अवसर हो । बेलायतबाट भने विगतमा महारानी एलिजावेथसहित राजपरिवारका केहि सदस्य नेपालको भ्रमणमा गएपनि अहिलेसम्म कुनैपनि प्रधानमन्त्रीले नेपालको भ्रमण गरेका छैनन् ।

अक्सफोर्डमा ऐतिहासिक सम्बोधन

बेलायत भ्रमणको सुरुमै प्रधानमन्त्री ओलीले यहाँको प्रतिष्ठित अक्सफोर्ड विश्वविद्यालयमा सम्बोधन गरेका छन् । अक्सफोर्डमा अध्ययनरत विद्यार्थीहरुको युनियन अक्सफोर्ड युनियनको आयोजनामा प्रधानमन्त्रीले नेपालको सफल शान्ति प्रक्रिया, प्रजातन्त्र, विकास तथा समृद्धिको लक्ष्य लगायतका विषयमा सम्बोधन गरेका हुन् ।

अक्सफोर्डमा अध्ययनरत विद्यार्थी, प्रोफेसर, रिसर्चरका साथै बेलायतस्थित नेपाली समुदायका प्रतिनिधिसहितका करिब ४ सय सहभागीहरुमाझ प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य प्राप्तिका लागि सरकारले तय गरेका प्राथमिकता र दीर्घकालीन योजनाहरुबारे आफ्ना धारणा राखे ।

विश्वका सर्वोच्च नेता तथा प्रसिद्ध व्यक्तित्वलाई प्रदान गरिंदै आएको यो मञ्च पाउने ओली नै पहिलो नेपाली नेता रहेको अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलो डा कृष्ण अधिकारी बताउछन् ।

केहि वर्षअघि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि अक्सफोर्डमा सम्बोधन गरेका थिए । तर उक्त कार्यक्रम अक्सफोर्ड युनियनले नभएर त्यहाँका नेपाली विद्यार्थी तथा रिसर्चरहरुले आयोजना गरेका थिए ।

साँझ साढे ७ बजे लण्डन उत्रिएका प्रधानमन्त्री ओलीले त्यसको ठीक एक घण्टापछि अक्सफोर्डमा सम्बोधन गर्ने कार्यक्रम राखिएको थियो । लण्डनको हिथ्रो विमानस्थलबाट हेलिकोप्टरमा सिधै अक्सफोर्डतर्फ गएका उनलाई कार्यक्रमस्थलमा पुग्न निर्धारित समयभन्दा ४५ मिनेट ढिलो भएको थियो । व्यस्तता, यात्रा र दौडधुपका कारण सम्बोधनका क्रममा प्रधानमन्त्री थकित देखिएका थिए ।

उनले झण्डै पच्चीस मिनेट लामो सम्बोधनमा गरेका थिए । दोस्रो चरणको प्रश्नोत्तर कार्यक्रममा सहभागीले सोधेका विदेश नीति, पार्टी एकता, सरकारको नेतृत्व लगायतका प्रश्नमा उनले जवाफ दिएका थिए । सरकारको नेतृत्व आलोपालो गर्ने प्रचण्डँंगको सहमतिका विषयमा अब पार्टीले नै टुंगो लगाउने उनको भनाइ थियो ।

भारत र चीनजस्ता दुई ठूला छिमेकीसँगको सम्बन्धमा नेपाल कस्तो नीतिसहित अघि बढ्दैछ भन्ने जिज्ञासामा प्रधानमन्त्रीले आफ्नो हितलाई ध्यानमा राखेर सन्तुलित सम्बन्धमा अघि बढ्ने नीति रहेको सुनाए । देशमा राजनीतिक स्थिरता रहेको वर्तमान अवस्थामा नेपालको विदेश नीति बलियो र परिपक्व रहने उनको तर्क थियो ।

नेपालको पूरानो मित्रराष्ट्र बेलायतको भ्रमणले द्वीपक्षीय हितका दृष्टिले उपलब्धीमुलक बन्ने विश्वास ओलीले व्यक्त गरे ।

मंगलबार उच्चस्तरीय भेटघाट

भ्रमणको दोस्रो दिन मंगलबार प्रधानमन्त्री ओली दिनभर उच्चस्तरीय भेटघाटमा व्यस्त रहने भएका छन् । बेलायती राजकुमार ह्यारी, प्रधानमन्त्री टेरिसा मे तथा विभिन्न पार्टीका सांसदलाई प्रधानमन्त्रीले भेट्ने कार्यक्रम छ ।

बेलायती राजपरिवारको प्रतिनिधिकारुपमा राजकुमार ह्यारी र प्रधानमन्त्रीबीच केन्सिंगटन प्यालेसमा भेट तय भएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ । बेलायती राजपरिवारमा नेपालसँग सबैभन्दा निकट मानिने ह्यारीले भूकम्पको १ वर्षपछि नेपाल पुगेर केही साता पुनर्निर्माणको कार्यमा स्वयंसेवा गरेका थिए । गोर्खालीको इमान्दारी र साहसको उनले खुलेर प्रशंसा गर्ने गरेका छन् ।

मंगलबार नै प्रधानमन्त्री ओलीले १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयमा समकक्षी टेरिसा मेलाई पनि भेट्दैछन् । दुई प्रधानमन्त्रीबीच २ सय वर्ष भन्दा लामो नेपाल बेलायत सम्बन्ध, भूतपूर्व गोर्खाहरुको समस्या, दुई देशबीचको व्यापार सम्बन्ध, लगानी र सहयोग लगायतका विषयमा छलफल हुने अपेक्षा छ । राजिनामा गरिसकेकी प्रधानमन्त्री मे अहिले बहिर्गमनको प्रक्रियामा छिन् ।

प्रधानमन्त्री ओलीले वेस्टमिनिस्टरमा विभिन्न पार्टीबाट बेलायती संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । बेलायती अधिकारीहरुलाई भेट्नुअघि बिहान उनले दूतावासमा भूतपूर्व गोर्खा, गैरआवासीय नेपाली, बेलायतस्थित नेकपानिकट कार्यकर्ता र नेपाली समुदायका प्रतिनिधिलाई भेट्नेछन् । बेलायत भ्रमण सकेर बुधबार प्रधानमन्त्री ओली फ्रान्सतर्फ लाग्ने कार्यक्रम छ ।

सिफारिस

बैतडी

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3
मुख्य समाचार

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5
मुख्य समाचार

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2
मुख्य समाचार

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8
मुख्य समाचार

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
अर्को

प्रधानमन्त्री ओलीकाे अक्सफोर्डमा ऐतिहासिक सम्बोधन

३ सय ३४ सांसदलाई ल्यापटप बाँडिदै, चलाउन पनि सिकाइने

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व घर घरमा नेपालीले नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदै !!

बैशाख ७, २०७८
2

माधवकुमार नेपाललाइ इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्था !!

बैशाख ७, २०७८
5

अधिवेशनको अन्त्य गरेको घोषणासँगै निजामती प्रशासन कानुन फेरि अलपत्र !!

बैशाख ७, २०७८
2

पूर्वनिर्धारित परीक्षा नरोक्ने सरकारको निर्णय !!

बैशाख ६, २०७८
8

खाने तेलको भाउ पुनः बढ्यो

बैशाख ६, २०७८
5
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In