सुदुरपश्चिम खबर
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी
  • Login
  • Register
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज
  • विचार
  • अन्र्तवार्ता
  • कला
  • स्वास्थ्य
  • वातावरण
सुदुरपश्चिम खबर
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • मुख्य समाचार
  • राजनीति
  • प्रदेश
  • अर्थ/ब्यापार
  • खेल
  • विश्व
  • मनोरञ्जन
  • समाज

तातोपानी नाका नियमित हुन अझै डेढ महीना

सुदुरपश्चिम खबर सुदुरपश्चिम खबर
जेष्ठ २८, २०७६
1 min read

काठमाडौं । सिन्धुपाल्चोकको तातोपानी नाका नियमित सञ्चालनमा आउन अझै डेढ महीना लाग्ने भएको छ । चीनको आग्रहमा जेठ १५ देखि औपचारिक रूपमा नाका खुले पनि पूर्ण सञ्चालनमा आउन भने समय लाग्ने तातोपानी भन्सार कार्यालयले जानकारी दिएको छ ।

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ आधिकारिक रुपमा दर्ता

चैत्र २६, २०७७
22

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव र चिनियाँ भन्सार विभागमा भाइस मिनिस्टरले जेठ १५ मा संयुक्त रूपमा नाका उद्घाटन गरेका थिए । २०७२ वैशाख १२ को भूकम्पपछि उक्त नाका बन्द थियो । चीनले सीमामा बनाएको मितेरी पुलको निर्माण हतारमा सकेर नाका खोलेको थियो । सोही दिन चारओटा नेपाली कन्टेनरले खासाबाट ऊन लिएर आएका थिए । त्यसयता कुनै सामान आयात/निर्यात नभएको भन्सार कार्यालयले जानकारी दिएको छ ।

‘चीनको आग्रहमा नेपाली पक्ष सहभागी भएर तत्काललाई सांकेतिक रूपमा नाका सञ्चालनमा आएको हो । चीनले सुक्खा बन्दगाह नै हस्तान्तरण गर्न बाँकी छ,’ तातोपानीका प्रमुख भन्सार अधिकृत कृष्ण बस्नेतले भने, ‘चीनले बन्दरगाह हस्तान्तरण गरेपछि नेपाली पक्षले आवश्यक तयारी थाल्न थप केही समय लाग्नेछ ।’

चीनले बन्दरगाह हस्तान्तरण गरेपछि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार, क्वारेन्टाइन, सुरक्षा लगायत निकायले आआप्mना प्राविधिक तयारी सकेपछि मात्रै नाका नियमित हुने बस्नेतले बताए ।

चीनले दुई देशको सीमाबाट ६ किलोमिटर टाढा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ मा सुक्खा बन्दरगाह निर्माण गरिरहेको छ । भवन तयार भइसके पनि इन्टरनेट जडान, फर्निसिङ लगायत काम बाँकी नै छन् । नेपाली पक्षले अहिले विद्युत्, इन्टरनेट जडानजस्ता प्राविधिक काम जारी राखेको र फर्निसिङका लागि चिनियाँ पक्षलाई नै आग्रह गरिएको भन्सार प्रमुख बस्नेतले बताए ।

नाकाको पूर्ण तयारी, व्यवसायीको मालसामानको सुरक्षाको प्रत्याभूतिपछि मात्र आफूहरूले सामान आयात/निर्यातको तयारी थाल्ने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । नेपाल ट्रक–कन्टेनर ढुवानी सेवा लिमिटेडका अध्यक्ष अर्जुनबहादुर सापकोटाले नाका नियमित हुनासाथ कन्टेनरको सेवा थाल्न आफूहरू तयारी अवस्थामा बसेको बताए । काठमाडौंबाट तातोपानी ११४ र खासा १२६ किमि टाढा पर्छन् ।

सिफारिस

अर्थ/ब्यापार

सर्वोत्तम सिमेन्टको ५० कित्ता सबैलाई पर्ने आइपिओ खुल्ने मिति

बैशाख २, २०७८
9
अर्थ/ब्यापार

सुदुरपश्चिम मोबाइल ब्यवसायी संघ आधिकारिक रुपमा दर्ता

चैत्र २६, २०७७
22
अर्थ/ब्यापार

फेरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि !!

चैत्र २३, २०७७
20
अर्थ/ब्यापार

विद्युतीय चुल्होको प्रयोग बढ्दै :घट्न थाल्यो ग्याँसको आयात !!

चैत्र १८, २०७७
27
अर्थ/ब्यापार

बैतडीमा एक करोड बढीका हिउँदे फलफूलका बिरुवा विक्रि

चैत्र १७, २०७७
17
अर्थ/ब्यापार

संसदीय समितिको निर्देशन :पानीको मूल्य तीन गुणा बढाउने !!

चैत्र १३, २०७७
24
अर्को

नेपालमा मनसुन एक साता ढिलो भित्रिने

नेपाल–भारत सीमा स्तम्भ व्यवस्थित बनाउने सहमति

कुन बार जन्मिएका मानिस हुन्छन् सबै भन्दा भाग्यमानी !!

बैशाख ७, २०७८
3

बैतडी : सडकमा राखिएका सामग्री तुरुन्त हटाउन पाटन नगरपालिकाको आग्रह

बैशाख ७, २०७८
4

नेपाल विद्यार्थी संघ स्थापनाको दिवसको अवसरमा बैतडीमा शुभकामना आदानप्रदान !!

बैशाख ७, २०७८
3

आज चैते दशैँ पर्व नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै !

बैशाख ७, २०७८
5
Hindu God Laxmi Ganesh at Diwali Festival

विहानै यस्ता सकेत देखिए हुनसक्छ तपाईलाई केहि सुभ वा धन लाभ !!

बैशाख ७, २०७८
3

बैतडी जिल्लाको सुर्नया गाउँपालिका वडा नं ३ कार्यालयमा तालाबन्दी !!

बैशाख ७, २०७८
4
प्रमुख कार्यकारी अधिकृत: बिरेन्द्र कलौनी
सम्पादक: शारदा जोशी
कानुनी सल्लहकार: चुरामणी अर्याल
सम्बादाता:
केशब दत्त भट्ट ( मनोज )
प्रकाश भट्ट : बैतडी
उमेश प्रसाद बडु : कैलाली
  • मुख्य समाचार
  • अर्थ/ब्यापार
  • राजनीति
  • मनोरञ्जन
  • विश्व
  • खेल
  • कला
  • वातावरण
  • विचार
  • विज्ञान र प्रविधि
  • समाज
  • स्वास्थ्य

© 2021 Sudurpashim Khabar

  • Home
  • Privacy Policy
  • About Us
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • अछाम
  • कन्चनपुर
  • कैलाली
  • डडेलधुरा
  • डोटी
  • दार्चुला
  • बझाङ्ग
  • बाजुरा
  • बैतडी

© 2021 Sudurpashim Khabar

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In