सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँचथरमा १५ दिनमा एक करोड ५९ लाख सक्ने तयारी

हतारको काम लतपत हुने भन्दै मिक्लाजुङ गाउँपालिकाले कार्यक्रम गरेन

पाँचथरका आठ स्थानीय तहमध्ये सातवटामा सञ्चालन हुन लागेको कार्यक्रममा एक करोड ५९ लाख रुपैयाँ खर्च गर्ने तयारी भइरहेको छ । दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाले यो वर्ष कार्यक्रम नगर्ने भएको छ । हतारमा कार्यक्रम गर्दा गुणस्तरीय नहुने भन्दै कार्यक्रम नगर्ने निर्णयमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । दीर्घकालीन योजनामा भन्दा साना–साना योजनामा पैसा बाँडेर बिल मिलाउने तवरमा काम भइरहेको छ । करिब १५ दिनमा काम गरिसक्नुपर्ने अवस्था छ । सरकारले बजेट समयमा नपठाउँदा योजना छनोटमा ढिलाइ भएको छ । छानिएकामध्ये ९५ प्रतिशत योजना सडक निर्माणका छन् ।

१रोल्पामा तीन करोड बजेट असारमै खर्चिंदै

Sana Kishan

रोल्पा- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोल्पाका दशवटै स्थानीय तहले एकै किसिमको काममा असारमै तीन करोड १४ लाख रुपैयाँँ बजेट खर्चिंदै छन् । पोखरी सुधार, मुहान संरक्षण, बाटो मर्मत, नाला निर्माण, कुलो सफाइजस्ता काममा रकम खर्च हुँदै छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा अहिलेसम्म काम सुरु भएको छैन । बजेट ढिलो गरी आएको र कर्मचारी अभावका कारण समस्या रहेको स्थानीय तहका प्रमुखहरू बताउँछन् । ‘बजेट भर्खर आएको छ, कर्मचारी पनि छैनन् । जसोतसो खर्चिने योजना बनाउँदै छौँ,’ त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भन्छन्, ‘बजेट फ्रिज पनि नहोस्, काम पनि राम्रो होस् भन्ने हिसाबले लागिरहेका छौँ ।’

World Link Ads
Mahakali Polytechnic

एक महिनाभन्दा कम रोजगारी दिने तयारी
कैलाली/ प्रधानमन्त्री रोजगारअन्तर्गत स्थानीय तहहरूले अनुत्पादक क्षेत्रका योजना बढी छनोट गरेका छन् । तीन सय ५० जनालाई एक महिना रोजगारी दिने गरी ७४ लाख बजेट आए पनि कार्यान्वयन हुन नसकेको घोडाघोडी नगरपालिकाका रोजगार संयोजक रोहितप्रसाद जोशीले बताए । कैलारी गाउँपालिकाले पनि १५ दिन मात्रै काम दिने गरी तयारी गरेको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवनाथ मन्दिरमा पार्क निर्माणका लागि पाँच लाख तय गरिएको छ । सोही वडामा महिला विश्राम घर निर्माणका लागि तीन लाख छुट्याइएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.