सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मोहना सिँचाइ आयोजनाको निर्माण सम्पन्न

कैलालीको गोदावरीस्थित मछेली खोलामा मोहना सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको छ। थपिएको डेढ वर्षमा आयोजना सम्पन्न भएको हो। मुख्य बाँधमा पानी बाँडफाँट गर्ने संरचना, मुख्य बाँधदेखि साढे चारसय मिटर लामो नहर, ४२ मिटर लामो शाखा नहर निर्माण सम्पन्न भएको हो।

नयाँ बनेको बाँधबाट पुरानो नरहमा पानी छाडिएपछि लक्षित क्षेत्रका किसानसम्म सिँचाइ सुविधा पुग्न सुरु भईसकेको सुदूरपश्चिम प्रदेश सरकार अन्तर्गत सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख अमरबहादुर पालले जानकारी दिए।

Sana Kishan

मछली खोलामा बनेका यसअघिका दुईवटा बाँध बाढीले बगाएपछि तेस्रोपटक बाँध बनेको निर्माण गरिएको हो । दुई वर्षभित्र सक्ने गरी २०७२ मा सम्झौता भएर निर्माण सुरु भएको थियो। निर्धारित अवधिमा सम्पन्न नभएपछि थप गरिएको एक वर्षमा समेत निर्माण सकिएको थिएन्। थप ६ महिनामा निर्माण सकिएको हो।
कैलालीको गोदावरी र मालाखेती तथा कञ्चनपुरको कृष्णपुरको ३ हजार ३ सय हेक्टर क्षेत्रमा सिँचाइ पुग्ने प्रमुख पालले बताए। यसअघि मालाखेती, कृष्णपुर र गुलरियाका अधिकांश किसानले सिँचाइ सुविधा नपाएका कारण आकाशे पानीकै भर पर्नुपरेको थियो।

World Link Ads
Mahakali Polytechnic

मोहना सिँचाइ राष्ट्रिय गौरवको रानीजमरापछि जिल्लाको दोस्रो ठूलो आयोजना हो। मछेली खोलामै बनाइएका दुईवटा बाँध वर्षौंअघि बाढीले बगाएपछि स्याउँलाले पानी थुनेर पुरानो नहरमार्फत आसपासका स्थानीयले सिँचाइ गर्दै आएका थिए।

Dirghayu Ads

सम्झौता भन्दा केही काम थपिएपछि र निर्माणमा भएको ढिलाइले लागत समेत बढेको थियो। मूल्यवृद्धि बापत र केही थप कामको गरी करिब तीन करोड लागत बढेको थियो। तीन सय मिटर नहर बनाउने सम्झौता भए पनि थप डेढ सय मिटर नहर बनाउनुपर्ने, वालको लम्बाइ दुवैतिर गरी ३० मिटर र ‘प्रोटेक्सन’को काम पनि सम्झौता भन्दा बढी गरिएपछि लागत तीन करोडजति बढेको हो। शर्मा–थेगिन–केएस जेभीसँग भ्याटबाहेक २२ करोड ८९ लाख रुपैयाँमा निर्माण सम्झौता भएको थियो।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.