सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कैलालीमा खानेपानीको हाहाकार : पुर्वमन्त्री भट्ट र मन्त्री सुवेदीले वास्ता नगरेको आरोप

नेकपाका नेता तथा पूर्वमन्त्री लेखराज भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीको निर्वाचन क्षेत्र समेत रहेको कैलालीको गोदावरीका नागरिक खानेपानीको समस्याले काकाकुल भएका छन्। गर्मी मौसममा वर्षौँदेखि खानेपानिको समस्या भोग्दै आएका ओलानी क्षेत्रमा पर्ने गोदावरी नगरपालिका वडा नम्बर १० का केही बस्ती तथा वडा नम्बर ११ र १२ का बासिन्दा हावाहुरीपछि पूर्ण रुपमा पानी बन्द हुँदा समस्यामा परेका हुन्। बीहिबारको हावाहुरीका कारण पोल ढलेपछि विद्युत सेवा अवरुद्ध हुँदा चुरे पहाडको काखमा रहेको गोदावरी नगरपालिका वडा नम्बर १०, ११ र १२ मा खानीपानीको हाहाकार भएको हो।

वषौँदेखि ट्युवेलको पानी उपभोग गर्दै आएका वडा नम्बर १०, ११ र १२ का स्थानीय बीहिबारको हावाहुरीपछि विद्युत मात्र नभएर खानेपानी सेवाबाट समेत वञ्चित भएका छन्। स्थानीयको सक्रियतामा वडा कार्यालयले जेनेरेटरको सहायताले बोरिङ गरी ट्याङकर मार्फत पानी वितरण गरिरहेका छन्। गर्मीको समयमा ट्युवेलको पानी कम हुने तथा सुक्ने गरेका कारण गत विगतका वर्षमा पनि अभाव खेप्दै आएका स्थानीय यस पटक भने विद्युत सेवा अवरुद्ध भएपछि चौतर्फी समस्यामा परेका हुन्।

वडा नम्बर १२ का स्थानीय धर्मदेव ओझाले आफूहरुसंग उपलब्ध भएको स्रोतको प्रयोग गरी बोरिङबाट पानी वितरण गरिरहेपनि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका पूर्व मन्त्री लेखराज भट्ट र प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले भने स्थानीयको समस्या नदेखेझै गरेको आरोप लगाए। वडा नम्बर १० का भागेश्वर, सिमडी, चाकलाखोला, जनप्रभात लगायतका टोल, वडा नम्बर ११ र १२ का सबै टोलका स्थानीय वषौँदेखि डिप ट्ुयुवेलको पानी उपभोग गर्दै आएका छन्। गर्मी मौसममा त ट्युवेलको पानी पनि सुक्ने गरेका कारण समस्या खेप्दै आएपनि दीर्घकालीन विकल्प खोज्न निर्वाचित जनप्रनिधिहरुले पहल नै नगरेको आरोप लाग्दै आएको छ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

अहिले विद्युत सेवा अवरुद्ध भएपछि वडामा भएको पानीको हाहाकारका विषयमा विषयगत मन्त्रालयको बहालवाला मन्त्री कृष्णराज सुवेदी र पूर्वमन्त्री भट्टले कुनै चासो नदिएको स्थानीय भनाई रहेको छ। ओलानीकै अर्का स्थानीय रुप कुमार विकले हाते पप्पको उपलब्धता नभएकै कारण विद्युत अवरुद्ध हुँदा पानीको हाहाकार भएको बताए। उनले त्यसको विकल्प खाज्न माग गरेका छन्।
ओलानी क्षेत्रमा डिप ट्युवेल गाड्ने बेला समेत लापरवाही गरिएका कारण खानेपानीको चरम समस्या हुदै आएको स्थानीयहरुको गुनासो रहेको छ। वडा नम्बर ११ का स्थानीय किसन कुनजेडाले दुई सय मिटर गहिराईमा गाड्नुपर्ने ट्युवेल डेढ सय मिटरमै छोडिदिने गर्दा हरेक वर्ष वैशाख र जेठ महिनामा पानीको हाहाकार नै हुने गरेको बताए।

Dirghayu Ads

हुन त ओलानी क्षेत्रमा हुदै आएको खानेपानीको समस्या समाधानका लागि दुई वटा खानेपानी आयोजना निर्माणाधिन अवस्थामा रहेका छन्। ती आयोजनाको निर्माण सम्पन्न भएमा अहिले हुदै आएको समस्या अन्त्य हुने विश्वास स्थानीयको छ तर सोही क्षेत्रबाट राष्ट्रिय राजनीतिमा स्थापित भएका पूर्वमन्त्री भट्ट र अहिलेका मन्त्री सुवेदीले स्थानीयको समस्यालाई नजर अन्दाज गरेको आरोप स्थानीय तहका जनप्रतिनिधीहरुको समेत रहेको छ।

गोदावरी नगरपालिका वडा नम्बर १२ अध्यक्ष भीम बहादुर खडकाले विद्युत सेवा अवरुद्ध हुँदा जेनेरेटर मार्फत ट्युवेल चलाएर पानी वितरण गरिरहेको बताए तर प्रदेश र संघिय सरकारबाट स्थानीयको समस्या समाधान गर्न पहल नभएको बताए। उनले सोही क्षेत्रबाट निर्वाचित पूर्वमन्त्री भट्ट र सुवेदीलाई आवश्यक पहल गरिदिन आग्रह गरेका छन्। डिप ट्युवेलको पानी पिउनु उर्पयुक्त नहुने विज्ञहरुले बताउँदै आएका छन् तर ओलानी क्षेत्रका जनतालाई शुद्ध खानेपानीको व्यवस्थापन गर्छु भन्दै चुनावी आश्वासन वाड्ने नेताहरुमा पदमा पुगेपछि विपदका बेला समेत फर्केकाका छैनन्।
दिनेश खबरबाट साभार

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.