सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

नविनाको नजरमा रञ्जित र रञ्जितको नजरमा नविना

एकको नजरमा अर्को

नवीना लामा विद्यार्थी राजनीतिकी चर्चित नेता हुन् । अनेरास्ववियुको नेतृत्व सम्हादै अहिले उनी सांसद बनेकी छिन् । रञ्जित तामाङ अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष हुँदै पार्टी एकतापछि नेकपा विद्यार्थी संगठनको सहसंयोजक भएका छन् । नवीना र रञ्जितले फरक संगठनलाई नेतृत्व गर्दैगर्दा धेरै शैक्षिक मुद्दामा आवाज उठाए, संयुक्त आन्दोलन गरे । उनीहरू एक–अर्काको नजरमा कस्ता छन् त भनेर बुझ्ने प्रयास गरिएको छ 

रञ्जितको नजरमा नवीना : प्रस्तुति प्रस्ट हुँदैन
नवीनाजीलाई कहिले चिन्नुभयो ?

नवीनाजीलाई बानेश्वर क्याम्पसको सभापति हुँदा ०६२ सालतिर चिनेको हुँ । नामचाहिँ पहिलादेखि नै सुन्दै आएको हो । उहाँ नेता मात्रै नभएर कलाकार पनि हुनु हुन्छ । तामाङ भाषाका फिल्ममा अभिनय पनि गर्नुभएको छ । यसले गर्दा उहाँ प्रतिभाशाली नेताको रूपमा चिन्थेँ ।

World Link Ads
Mahakali Polytechnic

उहाँलाई नजिकबाट कहिले चिन्नुभयो ?

उहाँ अनेरास्ववियुको महासचिव भएपछि नजिकबाट चिनजान भएको हो । त्यसवेला हामीबीच मिटिङ, छलफल हुन्थ्यो । संगठन फरक भए पनि हाम्रा शैक्षिक मुद्दा समान थिए । जातीय हिसाबले पनि एउटै समुदायको भइसकेपछि भावानात्मक रूपमा समेत नजिक भयौँ । हामी एक–अर्कालाई सम्मान, सद्भाव गर्छौँ ।

उहाँलाई कस्तो नेताको रूपमा चिन्नुहुन्छ ?

उहाँ वैचारिक हिसाबले एकदम स्पष्ट, दृढ संकल्प भएको, राजनीतिक ज्ञान भएको नेता हो । टिमलाई नेतृत्व दिन सक्ने क्षमतावान् नेता हुनुहुन्छ । उहाँ क्षमतावान् भएर नै अनेरास्ववियुको नेतृत्व सफलतापूर्वक निभाउनुभयो । स्पष्ट धारणा बनाएर निष्कर्ष राखेपछि पछि हट्नु हुन्न । आफ्नो धारणालाई लिएर अडान कायम राख्न सक्नुहुन्छ । मैले उहाँलाई परिपक्व, व्यावहारिक नेताको रूपमा चिन्छु ।

फरक संगठनमा हुनुहुन्थ्यो । संगठनलाई नेतृत्व गरेर एउटै टेबलमा बस्दा बहस कत्तिको भयो ?

हामी फरक संगठनमा थियौँ । कतिपय विचार नमिल्नु स्वाभाविक थियो । बहस हुन्थ्यो । तर, उहाँ अनेरास्ववियुको अध्यक्ष र म अनेरास्ववियु क्रान्तिकारीको अध्यक्षको हिसाबले आ–आफ्ना विचार हुन्थे । अडान हुन्थ्यो । तर, विचार नमिल्दा पनि एकले–अर्कालाई सुझाब दिने तरिकाले प्रस्तुत भयौँ । एक–दुई पटकबाहेक हार्दिकतापूर्ण नै रह्यो । फरक संगठन हौँ भन्ने अनुभूति नै भएन । सहमतिमा आउनै नसक्ने खालको चर्काचर्की बहसचाहिँ कहिल्यै भएन ।

संगठन एकताका लागि उहाँको भूमिका कस्तो रह्यो ?

उहाँको कार्यकाल अन्त्यतिर आएपछि पार्टी एकता हुने कुरा भयो । पार्टी एकतामा उहाँको भूमिका एकदमै सकारात्मक रह्यो । पार्टी एकताका लागि राष्ट्रिय जागरण गर्नका लागि उहाँको भूमिका अहम रह्यो । युवा विद्यार्थी संगठन भनेको समाजको गतिशील समूह हो । यो समूहलाई एकतामा ल्याउनका लागि उहाँले एकदमै महŒवपूर्ण भूमिका खेल्नुभयो ।


उहाँका कमजोर पक्ष के छन् ?

Sana Kishan

मैले देखेको उहाँको कमजोर पक्ष भनेको प्रस्तुति अलि स्पष्ट हुँदैन । भन्न खोजेका कुराको शृंखला नमिलेको हुन्छ जसले गर्दा बुभ्mन अलि गाह्रो हुन्छ । समयको ख्याल गर्नु हुन्न । छिट्टो रिसाउनु हुन्छ । अध्ययन कम गर्नुहुन्छ ।

नवीनाको नजरमा रञ्जित : झनक्क रिसाउनु हुन्छ

रञ्जितजीलाई कहिले चिन्नुभयो ?
मैले रञ्जितजीलाई खुलामञ्चमा आइसकेपछि चिनेको हुँ । निकै वर्ष भयो । मिति त याद छैन । क्रान्तिकारीको प्रभावशाली विद्यार्थी नेताको रूपमा सुन्दै आएकी थिएँ । उहाँलाई चिनेपछि उहाँबाट म धेरै प्रभावित भएँ ।

नजिकबाट चिन्नुभएको चाहिँ कति भयो ?

उहाँ अखिल क्रान्तिकारीको उपाध्यक्ष भएपछि उहाँलाई नजिकबाट चिनेको हुँ । म त्यसवेला महासचिव थिएँ । फरक संगठनमा भए पनि हाम्रा शैक्षिक मुद्दा मिल्थे । धेरैवटा कार्यक्रममा सँगै हुन्थ्यौँ । छलफल हुन्थ्यो । पछि म अध्यक्ष भएँ, उहाँ पनि अध्यक्ष भएपछि शैक्षिक आन्दोलन कसरी प्रभावकारी बनाउनेलगायत विषयमा सहकार्य बलियो भयो । एकले–अर्कालाई सल्लाह, सुझाब लिँदै–दिँदै संगठन चलायौँ ।

उहाँलाई कस्तो नेताको रूपमा चिन्नुहुन्छ ?

गतिशील, इमानदार, जुझारु नेता हुनु हुन्छ । कम्युनिस्ट युवा नेताहरूमा राजनीतिक चेत बोकेको पार्टीप्रति इमानदार र वैचारिक एवं सैद्धान्तिक रूपमा स्पष्ट विचार भएको व्यक्ति । आफ्नो जिम्मेवारीप्रति सधैँ सचेत र इमानदार नेताको रूपमा चिन्छु ।

विचार नमिल्दा कुनै दिन चर्काचर्की भयो कि भएन ?

त्यस्तो कहिल्यै भएन । हाम्रो तरिका मिलेर हुन सक्छ । कहिलेकाहीँ सामान्य बहस भयो होला त्यो पनि एक– दुईपटक । मलाई त्यस्तो खास याद पनि छैन । तत्कालीन संगठन फरक भए पनि त्यस्तो अनुभूति भएन । उहाँ राजनीति बुझेर आउनुभएको थियो । म राजनीतिभन्दा पनि नीतिगत रूपमा बढी जानकार थिएँ । यही कुराले हामीलाई ब्यालेन्स गरेको हुन सक्छ । संगठन नेतृत्वको सम्बन्ध सधैँ सुमधुर रह्यो । सांगठनिक बहसमा सहमतिमा नपुगेको क्षण मलाई याद छैन ।

उहाँको अध्यक्ष कार्यकाल कस्तो रह्यो ?

मेरो बुझाइमा उहाँले आफ्नो सांगठनिक कार्यकाल सफल रूपमा सम्पन्न गर्नुभयो । संगठनका आन्तरिक कार्य कति पूरा गर्नुभयो, कति बाँकी रहे भन्ने त थाह भएन । तर, बाह्य रूपमा अथवा मिल्ने मुद्दाहरू र हामीले थाह पाउने विषयमा उहाँ सफल देख्छु । मेरो मूल्यांकनअनुसार उहाँले सफल नेतृत्व दिनुभयो ।

एकतापछि उहाँ सहसंयोजक हुनुभयो । उहाँ किन नेतृत्वमा आउन नसक्नुभएको ?

पटक्कै होइन । उहाँ असक्षम भएर सहसंयोजक हुनुभएको भन्ने होइन । दुईवटा पार्टी मिल्दा अलि कति तलमाथि हुन्छ । मिलेर जाने कुरामा सम्झौता गर्नुपर्ने हुन्छ । राजनीति भनेको त्याग, बलिदान पनि हो । त्यसकारणले उहाँ पछि पर्नुभयो । यो विषय उहाँले पनि बुझ्नुभएको छ । अबको कार्यकाल अथवा जिम्मेवारी थप प्रभाकारी रूपमा निभाउनुहुन्छ भन्ने मलाई विश्वास छ । उहाँको क्षमतामा शंका अथवा खोट लगाउने ठाउँ छैन ।

उहाँका कमजोर पक्ष केही छन् कि ?

मानिसमा गुण–अवगुण हुन्छन् । तर, रञ्जितजीका विषयमा उहाँको कमजोरी यो नै हो भन्न म सक्दिनँ । कहिलेकाहीँ उहाँ झनक्क रिसाउनु हुन्छ । तर, उहाँको रिस स्वाभाविक पनि हुन्छ । त्यसलाई कमजोर नै पनि भन्न सक्दिनँ ।

(नयाँ पत्रिकाबाट)

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.