सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

व्यावसायिक खेती गर्दै डडेल्धुराका किसान

डडेल्धुराका किसान परम्परागत खेती छोडेर व्यावसायिक खेतीमा लागेका छन् । जिल्लाको अमरगढी नगरपालिका–२ मौरडाका धेरैजसो किसानले आधुनिक पोलिहाउस निर्माण गरेर गोलभेँडा (टमाटार) खेती सुरु गरेका हुन् ।
मौरडाका कृषक हरिदत्त जोशीले भने, ‘पहिले पुरानो तरिकाले खेती गर्थेँ, आधाजसो कँुहिएर जान्थ्यो । अचेल वैज्ञानिक प्रविधिबाट टमाटरका बोट लगाएको छु । आम्दानी पनि राम्रै होलाजस्तो छ ।’आधुनिक प्रविधिबाट खेती गर्न लाग्दा टनेल निर्माण गर्न अप्ठेरोे भएको उनले बताए । ‘पोलिहाउस निर्माण गर्न एक लाख २४ रुपैयाँजति खर्च आउँदो रहेछ,’ उनले भने, ‘त्यत्रो रकम जोहो गर्न नसकेका हामीलाई साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले ५० प्रतिशत अनुदान दियो । बाँकी आफैंले जोहो ग-यौँ,’ उनले भने ।

घरकै चुलोचौकोमा व्यस्त रहने गाउँका महिलासमेत व्यावसायिक खेती गर्न अग्रसर भएका छन् । ‘घरकै काम गर्ने, घाँस दाउरा गर्ने, हाम्रो दैनिकी थियो,’ भागरथीदेवी जोशीले भनिन्, ‘अब त केही उत्पादन गरेर बाँचौँला भन्ने आस पलाएको छ । हाम्रो आम्दानीसमेत बढ्नेछ ।’ पानीको समस्याले भने गर्मीयाममा तरकारीका बिरुवा हुर्काउन समस्या भइरहेको उनको गुनासो छ ।
जिल्लामा पाँच सय पाँच पोलिहाउस

Sana Kishan

अमरगढी नगरपालिकासहित जिल्लाभरि नै पाँच सय पाँच पोलिहाउस निर्माण भएको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाले जनाएको छ । पाँच सय पाँचमध्ये अमरगढीमा मात्रै तीन सय पोलिहाउस रहेको आयोजनाका निर्देशक गोकर्णराज अर्यालले बताए ।

World Link Ads
Mahakali Polytechnic

एसियाली विकास बैंकको अनुदानमा सञ्चालित आयोजनाले डडेल्धुरामा ५२ वटा उपआयोजना सञ्चालन गरिरहेको छ । तीमध्ये केराखेती, तरकारी तथा अन्नबाली बिउ, फलफूल, अदुवा, मह, मुसुरो, च्याउ, सुगन्धवाली, आलु, मसलावाली र तरकारीवाली छन् । आयोजना सञ्चालनका लागि जिल्लामा विभिन्नखाले भौतिक संरचना निर्माणसमेत भएको साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको प्रगति प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार जिल्लामा आयोजनाले पाँच सय चारवटा पोलिहाउस, नौवटा ग्रिन हाउस, ७२ वटा पोखरी निर्माण, ११ प्रोसेसिङ भवन र एउटा शितभण्डार निर्माण गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.