सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पर्सामा फेरी अायाे विनाशकारी हावाहुरी र चट्याङ्ग, एकको मृत्यु

वीरगंज- पर्सा–बारामा आइतबार साँझ आएको हावाहुरीसहितको हावाहुरीसहितको बर्षा र चट्याङ्गले क्षति पुर्याएको छ। हावाहुरीको कारण पर्सा, बारामा सयाैँ घर भत्कीएका छन् भने चट्याङ्ग लागेर १ जनाको मृत्यु भएको छ।
हावाहुरीका कारण बीरगंजमा मात्रै ५ जना घाइते भएका छन्। पर्साको ठोरी गाउँपालिका वडा न. १ मा चट्याङ्ग लागेर २१ बर्षिय राजु विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक केदारराज पन्तले जानकारी दिए ।
चट्यांगले बिष्टको एउटा भैँसी समेत मरेको प्रहरी निरीक्षक पन्तले बताए। यसैगरी हावाहुरीका कारण साँझदेखि नै बारा पर्साको बिद्युत सेवा अवरुद्ध भएको छ। बाराको बिश्रामपुर गाउँपालिकामा सोमबार साँझ आएको हावाहुरी सहितको बर्षाले ११ हजार भोल्टको बिद्युत पोल ढल्दा सेवा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र वीरगंजका प्रमुख मुनिन्द्र ठाकुरका अनुसार हावाहुरीबाट विभिन्न ठाउँमा पोल ढल्दा र रुखका हाँगा खस्दा विद्युत सेवा सञ्चालन गर्ने अवस्थामा नरहेकोले वितरण केन्द्र वीरगंजबाट सबै तिरको विद्युत सेवा बन्द गरिएको छ।
हावाहुरीका कारण बीरगंजको नगवा, नयाँ बसपार्क, बिर्ता, छपकैयालगायतका स्थानका दर्जनौ घरका छाना उडाएको तथा घरको पर्खाल समेत भत्काएको स्थानिय बासिन्दाले बताएका छन् । पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार हावाहुरीले वीरगंज महानगरपालिकामा पाँचजना घाइते भएका छन् ।
वीरगंज भन्सार क्षेत्रमा दुई अटो र एउटा जिप हुरीमा परी पल्टिएको प्रत्यक्षदर्शीहरुले बताएका छन। वीरगज ७ रामटोलमा महेश साहको निर्माण भइरहेको घरको पर्खाल भत्किदा त्यसमा च्यापिएर स्थनीय १६ वर्षीय ओमप्रकाश साह, १८ वर्षीय दिपेन्द्र पटेल र १५ वर्षीय सुनिल पटेल तथा वीरगंज १६ इनरुवामा नेक महम्मदको आफ्नै घर भत्किदा १४ वर्षीया छोरी गुल्सन खातुन र ३८ वर्षीया पत्नी शायदा खातुन घाइते भएको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए।
घाइते पाँचैजनाको वीरगंजको नारायणी अस्पतालमा उपचार भइरहेको छ। वीरगंजको लिंकरोडमा रहेको सामुदायिक रेडियो नारायणी एफएमको टावर र सोलार प्यानलमा क्षति पुगेपछि साँझ ६ बजेपछि रेडियो प्रशारण बन्द भएको छ।
त्यसैगरी बीरगंजको इनरुवामा हावाहुरीको कारण रुख ढलेर बाटो अवरुद्ध भएको प्रजिअ भट्टराईले जानकारी दिए। हावाहुरीले छपकैयामा रहेको प्रहरी चौकीको पर्खाल पनि भत्काएको छ। हावाहुरीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराइले बताए।
यसैगरी, हावाहुरीले पर्साको पोखरीया नगरपालिका, सेढवा, बिन्दवासिनि गाउँपालिका, बिरिञ्चीबर्वालगायतका स्थानहरुमा ठुलो क्षति पुगेको स्थानियबासिन्दाले बताएका छन्। गत चैत १७ गते शक्तिशाली हावाहुरी पर्सा बरामा आउँदा ३० जनाको मृत्यु र करिब २ हजार घरमा क्षति पुगेको थियो भने ५ सय जना घाइते भएको थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.