सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दुई अध्यक्ष बीच अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टी बन्न हुँदैन : नेता भुसाल

माधव ढुंगाना
जेष्ठ २६ . भैरहवा — नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य घनश्याम भुसालले पार्टीमा अन्तरविरोधको समस्या चर्को रुपमा देखा पर्न थालेको बताएका छन् ।

लुम्बिनी प्रेस क्लब रुपन्देहीद्वारा आइतबार भैरहवामा आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै सांसद भुसालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्नुपर्ने गरि पार्टी बन्न नहुने बताए।

Sana Kishan

दुई अध्यक्ष बीच ढोका थुनेर बन्द कोठामा गरिएको सहमति र छलफल के थियो भन्ने जानकारी पार्टीमा हुनुपर्ने उनले बताए। ९५ प्रतिशत बहुमत विधिले संचालन हुनुपर्ने भए पनि पार्टी विधिमा जान नसकेकाले यसको जवाफ दुवै अध्यक्षले दिन सक्नु पर्ने उनले बताए।यसको जवाफ दिने अझ बढी दायित्व प्रधानमन्त्री तथा अध्यक्ष ओलीको भएकोभुसालले बताए।

World Link Ads

पार्टीका दुईजना अध्यक्ष बीचको सहमति कसको पक्षमा छ भनेर खोजिनु भन्दा ठूलो कुरा विधिको भएको भनाइ उनको थियो।

पार्टीमा नियम विधिले भन्दा केही सिमित व्यक्तिको स्वेच्छाचारी प्रवृति हावी हुने गरेको आरोप समेत उनले लगाए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close